गठबन्धन परिवर्तन गर्ने मनसाय छैन : कांग्रेस नेता रिजाल « Khabarhub

गठबन्धन परिवर्तन गर्ने मनसाय छैन : कांग्रेस नेता रिजाल


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य र मान्यतामा सम्झौता नगरेको बताएका हुन् । कांग्रेसका आधारभूत मूल्य र मान्यताभन्दा बाहिर नगएसम्म सरकारले कांग्रेसबाट चिन्ता गर्न नपर्ने नेता रिजालले बताए ।

उनले भने, “कांग्रेसको पूर्ण समर्थन सरकारलाई छ, त्यो मूल्य र मान्यताभन्दा बाहिर जाने हो भने कांग्रेसको जुन नेतालाई फकाए पनि गठबन्धन टिक्दैन ।” कांग्रेसका केही आधारभूत मूल्य र मान्यता भएको भन्दै उनले त्यो आधारभूत मूल्य र मान्यताभन्दा बाहिरबाट सहयोग खोज्न नहुने बताए ।

सरकारको सबैभन्दा ठूलो पार्टी कांग्रेस रहेको भन्दै उनले भने, “कांग्रेस चाहिँ टाउकोमुनि मात्रै देखिने, अरूको अनुहार देखिने सरकार हुन सक्दैन ।” नेपाली कांग्रेसले भ्रष्टाचारका विषय लुकाउनु पर्छ भनेर कहीँ नबोलेको उनको भनाइ थियो ।

उनले भने, “केन्द्रीय समितिको बैठकमा समेत यो विषयमा निर्णय गरेका छौं ।” भ्रष्टाचार नियन्त्रणका विषयमा पार्टीले गृहमन्त्री र प्रहरीलाई कुनै पनि किसिमको दबाब नदिएको उनले स्पष्ट पारे । उनले भने, “अनुमानको भरमा कसैलाई आरोप लगाएर हिँड्नु हुँदैन । कांग्रेस पार्टीले निर्णय नै गरेको छ ।”

उनले भने, “कांग्रेसले नचाहँदा न सरकार रहन्छ, न कुनै काम अघि बढ्न सक्छ । कांग्रेसको चाहना विपरीत भयो भन्नु झुट्टा प्रचार हो ।” कांग्रेस पार्टीका जुनसुकै पदमा भएको व्यक्ति भए पनि छानबिनको दायरामा आउने बताउँदै उनले प्रश्न गरे, “अर्को पार्टीको मान्छे खोई त ? मान्छेको हैसियत, कद हेरेर जोगाउने काम भएको छ भने जोगाउने काम अर्को पार्टीले गरिरहेको छ । कांग्रेस त्यता लागेको छैन ।”

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ४ : १३ बजे

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

जलेश्वर– प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई

वर्षाले काठमाडौंमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

काठमाडौं– काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक

लज्जास्पद हारबारे कांग्रेसको निष्कर्ष : चुनावी गठबन्धन घातक, एमालेसँग सत्ता सहकार्यले सबैभन्दा घाटा

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा पराजयलाई विगतमा गरिएको