कतार पठाइदिन्छु भनी ठगी गर्ने महिला पक्राउ « Khabarhub

कतार पठाइदिन्छु भनी ठगी गर्ने महिला पक्राउ


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

रोजगारीका लागि कतार पठाइदिन्छु, आकर्षक तलब हुन्छ भनी प्रलोभन देखाएर पीडितबाट रकम लिई सम्पर्कविहीन भएको आरोपमा प्रहरीले सर्लाहीको बागमती गाउँपालिका घर भई हाल काठमाडौको मित्रनगर बस्ने २९ वर्षीया सरस्वती अधिकारीलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान ११ बजे काठमाडौँको गोँगबुबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : ०४ बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८