कतार पठाइदिन्छु भनी ठगी गर्ने महिला पक्राउ « Khabarhub

कतार पठाइदिन्छु भनी ठगी गर्ने महिला पक्राउ


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

रोजगारीका लागि कतार पठाइदिन्छु, आकर्षक तलब हुन्छ भनी प्रलोभन देखाएर पीडितबाट रकम लिई सम्पर्कविहीन भएको आरोपमा प्रहरीले सर्लाहीको बागमती गाउँपालिका घर भई हाल काठमाडौको मित्रनगर बस्ने २९ वर्षीया सरस्वती अधिकारीलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान ११ बजे काठमाडौँको गोँगबुबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : ०४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन