दरबार हाईस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालय गाभिँदै | Khabarhub Khabarhub

दरबार हाईस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालय गाभिँदै


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ऐतिहासिक दरबार हाईस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने जनाएको छ । 

एउटै भवनामा दुई विद्यालय सञ्चालन हुँदा दरबार हाईस्कुलको अस्तित्व खुल्न नसकेको भन्दै संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर एउटै नाम ‘दरबार हाईस्कुल’ बाट सञ्चालन गर्न लागेको कामपाले जानाएको छ । कामपाको शिक्षा विभागका प्रमुख सिताराम अधिकारीका अनुसार आउने शैक्षिक सत्रदेखि  एउटै नामले विद्यालय सञ्चलन हुनेछ । एक हजार विद्यार्थीको क्षमता रहेको यस विद्यालय भवनमा एउटै व्यवस्थापनले सञ्चालन गर्ने छन् ।   

कोइरालाले भने, ‘भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयपछि बनाएकाले सुरुकै अस्तित्वमा स्वीकार्न दरबार हाईस्कुलकै नामले सञ्चालन गर्न लागिएको हो ।’ विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा उक्त विद्यालय स्थापना भएको थियो । लामो इतिहास बोकेको विद्यालय भएकाले पनि यसको अस्तित्व जोगाउनु कामपाको कर्तव्य हो उनले भने ।  

ऐतिहासिक मात्रै होइन उक्त विद्यालय हाल कामपामा  रहेको ८९ सामुदायिक विद्यालय र तीन नमूना विद्यालयमध्ये एक हो । गत आवदेखि कामपाले यसलाई नमूना विद्यालयको रुपमा सञ्चालन गर्दै आएको छ । ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुलमा कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित भए पनि पछिल्लो समय नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्यममा पढाइ हुने भएपछि अहिले भने प्रशस्त विद्यार्थी छन् ।  

ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए । कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी तथा स्थानीयवासीका छोराछोरीको आकर्षण बढी रहेको विद्यालय व्यवस्थापनले जनाएको छ ।   

आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको उक्त स्कुल नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले सो विद्यालय भवनमा ४० कक्षा कोठा छन् । भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको हो । 

भूकम्पपछि उक्त स्कुल पुनःनिर्माणको शिलान्यास विसं २०७५ साउन १८ गते गरिएको थियो । विसं २०७७ कात्तिक ५ गते तत्कालीन राष्ट्र प्रमुख विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवन उद्घाटन गरेपछि पुनःसञ्चालनमा आएको हो ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : २४ बजे

प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.६० अंकले बढ्यो । योसँगै

प्रधानमन्त्री दाहाल ल्हासामा, पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको

सुदूरपश्चिममा डेङ्गुबाट तीनजनाको मृत्यु, आठ सय सङ्क्रमित

कञ्चनपुर– बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गु

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौँ– विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने  विदेशी पर्यटकलाई स्वागत