भारतमा खाना पकाउने ग्यासको मूल्यमा २ सय रूपैयाँ कटौती « Khabarhub

भारतमा खाना पकाउने ग्यासको मूल्यमा २ सय रूपैयाँ कटौती


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको केन्द्र सरकारले खाना पकाउने ग्यासमा २०० भारतीय रूपैयाँ कटौती गर्ने घोषणा गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतभरका घरपरिवारलाई राहत दिने उद्देश्यले सरकारले खाना पकाउने ग्यासमा २ सय रुपैयाँ कटौती गर्ने घोषणा गरेको हो ।

केन्द्रीय मन्त्रिपरिषद्को निर्णयबारे पत्रकारहरूलाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अनुराग सिंह ठाकुरले यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले रक्षाबन्धनका अवसरमा देशका महिलाहरूलाई उपहार दिएको बताए ।

बुधबारबाट लागू हुने गरी १४.२ केजीको ग्यास सिलिण्डरको मूल्य देशभर २०० रुपैयाँले घट्ने एएनआईले जनाएको छ । यो निर्णयसँगै दिल्लीमा एक सिलिण्डरको मूल्य एक हजार १०३ रूपैयाँबाट ९०३ रूपैयाँमा झर्नेछ ।

मन्त्री ठाकुरले भने, “वर्तमान सरकारले महिलाहरूको विकासको लागि धेरै योजनाहरू सुरू गरेको छ, जसमा पक्की घर, शौचालय, अतिरिक्त खाद्यान्न र प्रत्यक्ष लाभ स्थानान्तरण समावेश छ ।”

भारत आफ्नो प्राकृतिक ग्यासको आवश्यकताको ६० प्रतिशत आयातमा निर्भर छ । उज्ज्वलाको बाँकी आवेदनलाई स्वीकृत गर्न र सबै योग्य परिवारहरूलाई डिपोजिट–फ्री ग्यास सहयोग प्रदान गर्न, सरकारले चाँडै गरीब परिवारका ७५ लाख महिलाहरूलाई पीएमयूवाई कनेक्सन वितरण सुरु गर्ने बताएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ९ : २० बजे

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र