अरमान मलिकले गरे आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट « Khabarhub

अरमान मलिकले गरे आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बलिउडका उत्कृष्ट गायकमध्ये एक हुन् अरमान मलिक । उनले सोमबार आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट गरेका छन् । अरमानले आशना श्राफसँग इन्गेजमेन्ट गरेका हुन् ।

यी दुईले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा इन्गेजमेन्टको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् । ‘जब तक’ गीतका गायक निकै लामो समयदेखि आशना श्राफसँग सम्बन्धमा थिए ।

अरमानले इन्स्टाग्राममा तीनवटा तस्बिर साझा गरेका छन् । पहिलो फोटोमा गायक घुँडा टेकेर आफ्नी प्रेमिकालाई औँठी लगाइरहेको देखिएका छन् ।

यस्तै दोस्रो फोटोमा उनीहरू एक अर्कालाई अँगालो हालेर खुसी व्यक्त गरिरहेको देख्न सकिन्छ । यी दुईको फोटो सार्वजनिक भएपछि यिनीहरूलाई बधाईको ओइरो लागेको छ ।

आशना श्राफ फेसन इन्फ्लुएन्सर हुन् । सोसल मिडियामा उनका ९.७५ लाख फलोअर्स छन् । उनले ब्युटी र फेसनसँग सम्बन्धित ब्लग बनाउने गर्छिन् । आशना अरमानभन्दा दुई वर्ष जेठी छिन् । हालै उनले ४ अगस्टमा आफ्नो ३० औँ जन्मदिन मनाएकी थिइन् ।

अरमान मलिक सङ्गीत रचनाकार दब्बु मलिकका छोरा हुन् । उनका दाइ अमाल मलिक पनि सङ्गीत रचनाकार नै हुन् । अरमान मलिक र अमाल मलिकले सँगै थुप्रै गीत गाएका छन् ।

स्रोत : एनआई

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ९ : १४ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले