पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्छौँ : रोहित पौडेल « Khabarhub

पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्छौँ : रोहित पौडेल


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेपाल र पाकिस्तानबीचको खेल रोचक हुने बताएका छन् । मंगलबार भएको प्रिम्याच कन्फरेन्समा बोल्दै उनले नेपाल र पाकिस्तानबीचको खेल नेपालीका लागि पर्वजस्तै भएको बताएका हुन् ।

उनले भने, ‘सबै नेपालीले यो स्तरमा हामीलाई हेर्न चाहन्थे । नेपाललाई दुई दशकयता हामीले ठूलो प्लेटफर्ममा ल्याउन पाएका छौं । हाम्रो लागि भोलि ठूलो पर्व हो ।हामी पहिलो पटक एसिया कप खेल्दै छौं । यो ठूलो उपलब्धी हो । विशेषगरी नेपालको लागि यो सब पहिलो पटक हो । पाकिस्तान धेरै राम्रो टोली हो । हामी पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्न चाहन्छौं । भारतसँग पनि । हो हामी यहाँ आउन योग्य थियौं र त्यसैले यहाँ छौं । भोली हामी प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने छौं’

एसिया कप क्रिकेटमा नेपालले बुधबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तान र नेपाली टिममा फरक भनेको अनुभवमात्र रहेको रोहितले बताए ।

‘हामीले पहिलो पटक एसिया कप खेल्दै छौं । यो हाम्रो लागि र नेपालका लागि निकै खास छ । हाम्रो लागि ठूलो अवसर हो, पाकिस्तान राम्रो टिम हो, हामी पाकिस्तान र भारत दुवैलाई कडा टक्कर दिन चाहन्छौं’, उनले भने ‘मलाई लाग्छ फरक भनेको अनुभव मात्रै हो । स्किलको आधारमा, ब्याटिङ र बलिङमा दुवै टिम उस्तै हो।’

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ९ : ३२ बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय