नेदरल्याण्ड्समा गोली प्रहारबाट तीन जनाको हत्या  « Khabarhub

नेदरल्याण्ड्समा गोली प्रहारबाट तीन जनाको हत्या 


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय युरोपमा गोली प्रहार र छुरा प्रहारका घटना बढेका छन् । जसअनुसार नेदरल्याण्ड्समा गोली चल्दा तीन जनाको ज्यान गएको छ । 

नेदरल्याण्ड्सको रोटरडम शहरमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीनजना मारिएका छन् । मारिनेमा ३९ वर्षीया महिला, उनी १४ वर्षकी छोरी र ४३ वर्षीय एक प्राध्यापक छन् ।

सञ्चारमाध्यमका अनुसार राजधानी एम्स्टर्डमबाट ८० किलोमिटर टाढा रहेको रोटरडमको एउटा फ्ल्याटमा ३२ वर्षीय बन्दुकधारीले गोली चलाएर आमा–छोरीको हत्या गरेका थिए । 

त्यसपछि उनी नजिकैको स्वास्थ्य केन्द्र इरास्मस मेडिकल सेन्टरमा प्रवेश गरेर अर्का एक व्यक्तिको हत्या गरेका थिए । बन्दुकधारी व्यक्ति अस्पतालसँग सम्बद्ध इरास्मस विश्वविद्यालयका विद्यार्थी रहेको बताइएको छ । 

प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएर छानविन अघि सुरु गरेको छ । 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १० : ३३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने