महिलालाई व्यावसायिक च्याउखेती तालिम « Khabarhub

महिलालाई व्यावसायिक च्याउखेती तालिम


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । 

गाउँपालिका–५ स्थित डेढेमा बुधबारदेखि सातदिने व्यावसायिक च्याउखेती तालिम सुरु गरिएको आयोजक संस्था नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) का संयोजक कमल बसेलले जानकारी दिए ।

युएसएआइडीको स्थानीय (गोरखा र चितवन) कार्यक्रमको आर्थिक सहयोग र गण्डकी गाउँपालिकाको समन्वयमा २१ महिलालाई तालिम प्रदान गरिएको उनको भनाइ छ । यही असोज १० गतेदेखि सुरु भएको तालिम असोज १७ गतेसम्म सञ्चालन हुने छ ।

तालिममा नमुना कोसिस महिला कृषक समूहमा आबद्ध महिलाको सहभागिता रहेको छ । एड्वानले स्थानीय विपन्न कृषक महिलाको समूह गठन गरी उनीहरूको आर्थिक आयआर्जन वृद्धिका लागि टेवा पुर्‍याउने उद्देश्यसहित तालिम सञ्चालन गरेको हो ।

तालिममा सहभागीलाई कृषि प्राविधिक दिपेन्द्र विष्ट र निरमाया थापाले प्रशिक्षण दिइरहेका छन्। 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १२ : ५९ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ