नेकपा एसले असोज १४ देखि समाजवादी जागरण अभियान सञ्चालन गर्ने « Khabarhub

नेकपा एसले असोज १४ देखि समाजवादी जागरण अभियान सञ्चालन गर्ने


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले यही असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ ।

असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजेदेखि सुरु हुने उक्त अभियान असोज २९ गते सुर्खेत पुगेर सभा गरी सम्पन्न हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार अभियानका क्रममा ठाउँठाउँमा सानाठूला सभा गर्ने र आफ्ना एजेण्डा जनतालाई सुनाउने तथा समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर बताउने एवम् जनताको सुझाव लिएर अझ स्पष्टताका साथ आउन पहलकदमी गर्नेसम्मका रहेका छन् ।

उक्त अभियानले सुशासन, रोजगारी समृद्धि त्यसभित्रका महत्वपूर्ण कृषि क्रान्ति सीमारक्षा, किसानले उत्पादन गरेको वस्तु सरकारले खरिद गर्नुपर्ने, कृषि मूल्य निर्धारण गर्नुपर्ने, किसानले आफूले उत्पादन गरेका सामान सरकारले किनेर बचत गर्ने परिस्थिति निर्माण गर्नुपर्ने तथा आत्मनिभर नेपाल बनाउने सन्देश दिने प्रवक्ता खतिवडाले बताए ।

उनले भने, “समाजवादी जागरण अभियान, २०८० ले जनतासँग हाम्रो पार्टीलाई जोड्छ, जनताको कुरा सुन्छ र आफ्ना नीति निर्माणमा त्यसलाई अभिव्यक्त गर्छ ।” एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  २ : २४ बजे

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती