आन्दोलनरत चिकित्सकको माग पूरा गर्न सरकारलाई चिकित्सक संघको आग्रह | Khabarhub Khabarhub

आन्दोलनरत चिकित्सकको माग पूरा गर्न सरकारलाई चिकित्सक संघको आग्रह


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चिकित्सक संघले आन्दोलनरत चिकित्सकहरुको माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्सकहरुको माग पूरा गर्न माग आग्रह गरेको हो ।

संघका महासचिव सन्जिव तिवारीले जारी गरेको विज्ञप्तिमा देशका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई आतंकित पारी शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पुर्‍याइएको तथा अस्पताल नै तोडफोड गरिएका घटनाको विरोधमा जारी आन्दोलनमा संघको ऐक्यबद्धता रहेको उल्लेख गरिएको छ ।

आन्दोलनका कार्यक्रममा आफूहरुले समन्वयकारी र मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको उल्लेख गर्दै विज्ञप्तिमा गृहमन्त्री, स्वास्थ्यमन्त्री, गृह तथा स्वास्थ्य मन्त्रालयका सचिव तथा पधाधिकारीलगायतसँग छलफल गरेको जनाइएको छ ।

विज्ञप्तिमा आन्दोलनरत चिकित्सकहरुले उठाएका मागहरु तत्काल सम्बोधन नभए अझ सशक्त ढंगले थप आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ३ : ३२ बजे

दुई युवा सवार तीव्र गतिको मोटरसाइकल जब घरको भित्तामा ठोक्कियो

चितवन – चितवनको रत्ननगर नगरपालिकामा तीव्र गतिको मोटरसाइकल घरमा ठोक्किँदा

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

काठमाडौं– कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन्

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित

गृहमन्त्री र जीबी राईबारे अफवाह फैल्याएको आरोपमा समातिए डिल्लीराम

पटक पटक विवादमा परिरहने डिल्लीराम खनालाई प्रहरीले पक्राउ गरेको छ

अवैध लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौं-  झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने