मोरङमा नबिल बैंकको २६६ औँ शाखा उद्घाटन | Khabarhub Khabarhub

मोरङमा नबिल बैंकको २६६ औँ शाखा उद्घाटन


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा उद्घाटन गरिएको छ । शाखाको सुन्दर हरैँचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको हो । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङका सभापति राकेश सुराना, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलगायतको सहभागिता रहेको थियो ।

सञ्चालक पौड्यालले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ क्षेत्रमा सहज वित्तीय पहुँच प्रदान गर्न र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी दिए ।

कार्यक्रममा उपकुलपति कोइरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुशी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनको क्रियाकलापका लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । उनले पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरबाट हुने बैंकिङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारीका साथै स्थानीयवासीसमेत लाभान्वित हुने बताए ।

नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँमा बैंकको व्यवसाय विस्तारमात्रै नभई समुदायस्तरमा काम गर्ने ध्येय रहेको बताए ।

बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ भने बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक रहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ४ : ०२ बजे

मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

काठमाडौं– प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने

६ वर्षपछि इरानविरुद्ध खेल्दै नेपाल

काठमाडौं– नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ

बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

म्याग्दी– पूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट– गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा

हुम्लामा बन्ने भयो ३३५ मेगावाटको जलविद्युत् आयोजना

काठमाडौं – आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन