कुमारी बैंकका थप ५ शाखा सञ्चालनमा | Khabarhub Khabarhub

कुमारी बैंकका थप ५ शाखा सञ्चालनमा


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेडले थप ५ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौँस्थित कपन, सितापाइला र डल्लु तथा ललितपुरको भैसेँपाटी र टौखेल गरी ५ स्थानमा असोज १२ गतेबाट शाखाहरू सञ्चालनमा ल्याएको हो ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखाहरू विस्तार गरेको हो ।

बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको छ ।

२२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको उक्त बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३०९ एटिएम, ४८ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ४ : २७ बजे

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको