चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन « Khabarhub

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको बैठकले चिकित्सकलाई कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो । चिकित्सक संघ संस्थामा आबद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि बैठकले दोषीलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने र गृहमन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए ।

साथै बैठकले वार्ताबाट सहमति खोज्न आन्दोलनरत चिकित्सक र सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ४ : ३० बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली