राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने « Khabarhub

राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आइतबार पर्साको वीरगञ्जमा सभा गर्ने भएको छ ।

राप्रपा नेपालले घण्टाघर नजिकको टेम्पो चोकमा सभा गर्ने तयारी गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिव पराजुलीले जानकारी दिए । पूर्वमन्त्रीसमेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो ।

‘हामी भ्रष्ट व्यवस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरुमा यसैगरी विरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौँ,’ उनले भने ।

राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र जनसहभागिता गराउन जनपरिचालन गरिएको छ ।

सभालाई पार्टी अध्यक्ष कमल थापालगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ४ : ५४ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता