भूमध्यसागर पार गरेर करिब २ लाख जना युरोप पुग्दा २५ सय बेपत्ता | Khabarhub Khabarhub

भूमध्यसागर पार गरेर करिब २ लाख जना युरोप पुग्दा २५ सय बेपत्ता


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- यस वर्ष करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भए पनि दुई हजार पाँच सय जनाले भने ज्यान गुमाएको वा बेपत्ता भएको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

“यो वर्ष एक लाख ८६ हजार मानिस भूमध्यसागर पार गरेर प्रवेश गर्दा दुई हजार पाँच सयभन्दा बढीको मृत्यु भएको वा बेपत्ता भएका निष्कर्षमा हामी पुगेका छौँ,” न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त युएनएचसीआरका निर्देशक रुभेन मेनिकडिवेलाले सुरक्षा परिषद्लाई जानकारी दिएको अल जजिराले खबर प्रसार गरेको छ । युरोप प्रवेश गरेकामध्ये करिब एक लाख ३० हजार इटाली पुगेका छन् । ग्रीस, स्पेन, साइप्रस, माल्टालगायत देशमा पनि आप्रवासी पुगेको उनको भनाइ छ ।

गत वर्षको तुलनामा यस वर्ष समुद्र पार गर्ने क्रममा मृत्यु हुने वा बेपत्ता हुनेको सङ्ख्या बढेको छ । जोखिमपूर्ण नाकाबाट यात्रा गर्दा धेरैले ज्यान गुमाएका सुरक्षा परिषद्लाई जानकारी गराइएको छ । अघिल्लो वर्ष एक हजार छ सय ८० जनाको भूमध्यसागर पार गरेर युरोप पस्ने क्रममा मृत्यु भएको थियो ।

एक लाख दुई हजार मानिसले ट्युनिसियाबाट भूमध्यसागर पार गर्ने प्रयास गरेका थिएभने करिब ५० हजार लिबियाको बाटो भएर युरोपतर्फ लागेका थिए । यी दुवै देशबाट भूमध्यसागर पार गर्नु अति जोखिमपूर्ण मानिन्छ । युरोप प्रवेशको यो यात्रामा पाइला–पाइलामा आप्रवासी र शरणार्थीले चरम मानवअधिकार उल्लङ्घनको शिकार हुनुपर्ने तथा ज्यान नै जाने अवस्थाबाट गुज्रनुपर्ने कहालीलाग्दो परिस्थिति पार गर्नुपर्ने निर्देशक रुभेनको भनाइ छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ७ : ०५ बजे

पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत

एजेन्सी – पाकिस्तानले पञ्जाबस्थित सैन्य अड्डामा तीव्र गतिको (हाइस्पीड) मिसाइल

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न

कम्युनिष्ट आन्दोलन निष्ठातर्फ अघि बढाउन चुनौति : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई