‘दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव जमाउन पाकिस्तानले आतंककारी संगठनको प्रयोग गर्‍यो’ « Khabarhub

‘दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव जमाउन पाकिस्तानले आतंककारी संगठनको प्रयोग गर्‍यो’


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जेनेभा- पाकिस्तानले दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव विस्तारका लागि भाडाका सैनिक एवम् आतंककारी संगठनको प्रयोग गर्दै आएको एक जना शोधकर्ताले आरोप लगाएकी छिन् ।

स्विट्जरल्याण्डस्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा बोल्दै ल्युस प्लेइडले राष्ट्रसंघले प्रतिबन्ध लगाएका आतंककारी संगठनहरु पाकिस्तानमा खुला रुपमा सक्रिय रहेको बताएकी हुन् । परिषदमा बोल्दै उनले जैश ए मोहम्मद, लस्कर ए तैएबाजस्ता संगठनलाई पाकिस्तानी सेनाले सहयोग गर्ने गरेको आरोपसमेत लगाइन् ।

उनले भूराजनीतिक स्वार्थ पूरा गर्नका लागि पछिल्लो समय भाडाका सैनिक प्रयोग हुने क्रम बढेको भन्दै यस्ता संगठनले मानव अधिकार उल्लङ्घन गर्ने जोखिम पनि उच्च हुने बताइन् । उनले पाकिस्तानी सेनाले दण्डहीनताला प्रश्रय दिने गरेको भन्दै परिषदले यसविरुद्ध कदम चाल्नुपर्नेमा समेत जोड दिइन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ११ : ०६ बजे

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले