प्रतिनिधिसभा बैठक बस्दै, बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक प्रस्तुत गरिने « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक प्रस्तुत गरिने


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

यस्तै, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिमस्टेक बडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेस गर्ने तालिका छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ७ : ०६ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न