सुनको कण खोज्न बोटे समुदाय त्रिशूली किनारातर्फ  « Khabarhub

सुनको कण खोज्न बोटे समुदाय त्रिशूली किनारातर्फ 


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

तनहुँ– दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् ।

‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस–चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो’, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण खर्च जुटाउन यता आएको हुँ । आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला ।’

पचपन्न वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी पाँच जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले बताए । मादी किनारामा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास छ ।  

यहाँका करिब २५ घरका बोटे त्रिशूली, कालीगण्डकी, बुढीगण्डकी र मस्र्याङ्दी किनारामा सुन खोज्न जाने गर्छन् । प्रायः सुन खोज्न जाँदा श्रीमान्–श्रीमतीसहितका परिवार भएर जाने चलन रहेको हर्कबहादुरले जानकारी दिए ।

सुन खोज्न जानेले काठको डुँड, बाँसको चनौटो र बालुवा हाल्ने विशेष खालको सामान (पाटी) अनिवार्यरूपमा लैजानुपर्दछ । सुन खोज्दा नदी किनारामा प्रायः दुई जनाले मिलेर बालुवा छान्नु पर्छ । 

घरबाटै त्रिपाल, भाँडावर्तन, लत्ताकपडा लैजाने र नदी किनारामै पाल टाँगेर रात बिताउने गरिएको सुन खोज्न त्रिशूली किनारामा पुगेका कमल बोटेले बताए । बालुवा चाल्ने क्रममा महिनाको करिब २० हजार बराबरको काँचो सुन सङ्कलन हुनेसमेत कमलले जानकारी दिए ।

घरमा मकै खेतीसमेत गरेकाले खेती थन्क्याएर तिहारलगत्तै आफू सुन चाल्न त्रिशूली किनारामा जाने योजना बनाएको ६५ वर्षीय वीरबहादुर बोटेले बताए । करिब ४५–५० दिन सुन चालेर घर फर्किने गरेको उनको भनाइ छ ।

‘अब तिहार मानेर सुन खोज्न जाने योजनामा छु’, उनले भने, ‘माघे सङ्क्रान्ति मान्न घर फर्किँदा त्यस्तै २५–३० हजार हातमा पर्ला कि भन्ने विश्वासमा छु । मेहनतको कुरा हो यसै भन्न सकिँदैन ।’

पहिले मादी नदीमा पनि सुन चाल्ने गरिए पनि सुन पाउन छाडेपछि आफूहरू अन्य नदीमा जानुपरेको बोटेहरूको भनाइ छ । सुन चाल्ने पेसालाई राज्यले पनि संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्दा नयाँ पुस्ताले सिक्न नचाहेको समेत वीरबहादुरले सुनाए । 

यहाँका बोटेहरूले निर्वाहमुखी कृषि पेसासँगै बालुवामा सुन खोज्ने कार्यलाई पनि पेसाकै रूपमा अँगाल्दै आएका छन् । 

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : ३८ बजे

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित

बागमती गोल्डकप : उपाधिका लागि चित्लाङ र बागमती युवा क्लब भिड्ने

मकवानपुर– आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज– द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा आउने