राष्ट्रसंघका महासचिवको भ्रमण प्रयोजनविहीन : कमल थापा « Khabarhub

राष्ट्रसंघका महासचिवको भ्रमण प्रयोजनविहीन : कमल थापा


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजनविहीन भएको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चार दिने नेपाल भ्रमणको क्रममा गए राती नेपाल आएका महासचिव गुटेरेसको भ्रमणलाई प्रयोजनविहीन र आश्चर्यजनक रहेको उल्लेख गरेका छन् ।

‘अतिथिलाई स्वागत छ तर…’ भन्दै महासचिव गुटरेसले हमास–इजरायल युद्धमा ध्यान नदिएको उनको आरोप छ । उनले भनेका छन्, ‘इजरायल–गाजा युद्धमा प्रत्येक दिन सयौँ व्यक्तिहरूले ज्यान गुमाइरहेका छन्, नाकाबन्दीले लाखौँको जीवन कष्टकर भैरहेको छ, यस्तो बेला सङ्क्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको ‘प्रयोजनविहीन’ नेपाल भ्रमण आश्चर्यजनक छ।’

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ११ : १९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र