बङ्गलादेशमा विपक्षी दलका नेता पक्राउ | Khabarhub Khabarhub

बङ्गलादेशमा विपक्षी दलका नेता पक्राउ


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशका प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का नेता मिर्जा फखरुल इस्लाम आलमगिर पक्राउ परेका छन् । तीन महिनापछि हुन लागेको निर्वाचनअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि उनलाई पक्राउ गरिएको हो ।

(बीएनपी) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मिर्जा फखरुल इस्लाम आलमगिरलाई प्रशासनका अधिकारीहरूले पक्राउ गरेका छन् ।’ अस्ट्रेलियामा रहेकी आलमगिरकी छोरी शमारुह मिर्जाले एएफपीलाई भनिन्, ‘उनलाई प्रहरीले हिरासतमा राखेको छ ।’

ढाका मेट्रोपोलिटन प्रहरीका प्रवक्ता फारुक हुसेनले उनको गिरफ्तारीबारे आफूलाई जानकारी नभएको बताएका छन् । बीएनपीका अध्यक्ष तथा दुई पटक प्रधानमन्त्री बनेकी खालिदा जियालाई पक्राउ गरेर जेल सजाय दिइएपछि र उनका छोरा बेलायतमा निर्वासनमा परेपछि बीएनपीका महासचिव ७५ वर्षीय आलमगिरले पार्टीको नेतृत्व गर्दै आएका छन् । सन् २०२० मा १७ वर्षको जेल सजायबाट रिहा भएपछि जिया नजरबन्दमा बस्दै आएका छन् । 

प्रदर्शन स्थलमा रहेका एएफपीका पत्रकारहरूका अनुसार बीएनपी र सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात-ए-इस्लामीले शनिबार गरेको विरोध प्रदर्शन यस वर्षको अहिलेसम्मको सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको बताएका छन् । साथै आगामी जनवरीमा हुने आम निर्वाचनभन्दा अघि भएको उक्त विरोध प्रदर्शन नयाँ चरण भएको बताइएको छ । 

बङ्गलादेशका दुई प्रमुख विपक्षी पार्टीका एक लाखभन्दा धेरै समर्थकले एउटा तटस्थ सरकार मातहत स्वतन्त्र र निष्पक्ष मतदानको अनुमति दिनका लागि प्रधानमन्त्री शेख हसिनालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध प्रदर्शनमा भाग लिएका थिए । 

बङ्गलादेशका संस्थापक नेताकी छोरी हसिना १५ वर्षदेखि सत्तामा छिन्। उनले कूल गार्हस्थ्य उत्पादनको मामिलामा बङ्गलादेशमा तीव्रताका साथ आर्थिक विकास गरेका छन् तर मुद्रास्फीति बढेको छ । उनको सरकारमाथि भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ । 

हिंसाको विरोधमा बीएनपीजमात–ए–इस्लामी दुवै पार्टीले आइतबार देशव्यापी हडतालको आह्वान गरेका छन् । आइतबार राजधानी ढाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ र हजारौँ प्रहरी र अर्धसैनिक सीमा सुरक्षा फौजले बङ्गलादेशको सडकहरूमा गस्ती गरिरहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १२ : २८ बजे

गीत घरदेशी, व्यथा परदेशी 

नौ सय खोला तरेर जाने बिर्सने पो हो कि, मलाई

काठमाडौँ महानगरपालिकाद्वारा २३० कर्मचारी माग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले करारमा २३० कर्मचारी मागेको छ। महानगरले आज

काठमाडौँमा आजदेखि कला उत्सव सुरु हुँदै

काठमाडौँ– काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो

नेपाल सुपर लिग : आज झापा र पोखरा तथा धनगढी र ललितपुर खेल्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदै

नेपाली संगीतका ‘मिथ’ इन्द्र थपलिया

आज हामी गीतकार इन्द्र थपलियाको बारेमा चर्चा गर्दैछौं। इन्द्र थपलियालाई