नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट | Khabarhub Khabarhub

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलब १८ अंकले ओरालो लागेर एक हजार आठ सय ७५ दशमलब ६५ मा सीमित भएको छ । 

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलब १६ अंकले ओरालो लागेर तीन सय ६१ दशमलब ९४ मा सीमित भएको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल २७ लाख १२ हजार एक सय २३ कित्ता शेयर रु ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ ।

 सो कम्पनीको रु चार करोड आठ लाख ५६ हजार तीन सय १५ मूल्यमा खरिदबिक्री भए । यस्तै, हाथवे इन्भेस्टमेन्ट नेपाल रु दुई करोड ४७ लाख २७ हजार ,सिटिजन लाइफ इन्स्युरेन्स रु दुई करोड ३० लाख चार हजार एक सय ८३, नबिल बैंक रु दुई करोड १७ लाख ३७ हजार छ सय ५२ र घोराही सिमेन्ट रु एक करोड ९९ लाख एक हजार चार सय ३४ मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार माथिल्लो सोलु हाइड्रो आठ दशमलब ९९, सिवाइसी नेपाल लघुवित्त छ दशमलब ६०, घलैम्दी हाइड्रो पाँच दशमलब ७१, बीपीडब्ल्यू लघुवित्त पाँच दशमलब ६२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलब ६७ प्रतिशतले कमाएका छन् । 

यस्तै, सोनापुर मिनरल्स १०, नेशनल हाइड्रोपावर सात दशमलब ९२, एनआइबीएल प्रगति फन्ड पाँच दशमलब ५७, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलब ५३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ३३ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ४ : ०१ बजे

चितवन राष्ट्रिय निकुञ्जमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ् 

चितवन– चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम

सेना फिर्ता गर्न भारत सहमत भएको माल्दिभ्सको भनाइ

नयाँदिल्ली– रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट

म्याग्दे गाउँपालिकाले विपन्नको घर निर्माण गरिदिने

दमौली– म्याग्दे गाउँपालिकाले विपन्न जनताको घर निर्माण गरिदिने भएको छ

एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर (तस्विरहरु)

बलेवा– बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक