नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट « Khabarhub

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलब १८ अंकले ओरालो लागेर एक हजार आठ सय ७५ दशमलब ६५ मा सीमित भएको छ । 

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलब १६ अंकले ओरालो लागेर तीन सय ६१ दशमलब ९४ मा सीमित भएको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल २७ लाख १२ हजार एक सय २३ कित्ता शेयर रु ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ ।

 सो कम्पनीको रु चार करोड आठ लाख ५६ हजार तीन सय १५ मूल्यमा खरिदबिक्री भए । यस्तै, हाथवे इन्भेस्टमेन्ट नेपाल रु दुई करोड ४७ लाख २७ हजार ,सिटिजन लाइफ इन्स्युरेन्स रु दुई करोड ३० लाख चार हजार एक सय ८३, नबिल बैंक रु दुई करोड १७ लाख ३७ हजार छ सय ५२ र घोराही सिमेन्ट रु एक करोड ९९ लाख एक हजार चार सय ३४ मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार माथिल्लो सोलु हाइड्रो आठ दशमलब ९९, सिवाइसी नेपाल लघुवित्त छ दशमलब ६०, घलैम्दी हाइड्रो पाँच दशमलब ७१, बीपीडब्ल्यू लघुवित्त पाँच दशमलब ६२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलब ६७ प्रतिशतले कमाएका छन् । 

यस्तै, सोनापुर मिनरल्स १०, नेशनल हाइड्रोपावर सात दशमलब ९२, एनआइबीएल प्रगति फन्ड पाँच दशमलब ५७, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलब ५३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ३३ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ४ : ०१ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा