आयात बढ्दा निर्यात घट्यो | Khabarhub Khabarhub

आयात बढ्दा निर्यात घट्यो


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा रु चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको छ । गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार तीन महिनाको अवधिमा नेपालको निर्यात भने दुई दशमलव २६ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार सो अवधिमा नेपालबाट रु ४० अर्ब ८७ करोड ४८ लाख बराबरको माल वस्तु निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा रु ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो ।

सो अवधिमा नेपालको वैदेशिक व्यापार रु चार खर्ब ४८ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको यही अवधिमा रु चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा रु तीन  खर्ब ६६ अर्ब ८८ करोड बराबर रहेको छ । गत वर्षको सोही अवधिमा रु तीन खर्ब ५९ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको थियो । 

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ४ : ५५ बजे

आर्सनलमाथि बायर्नको रोचक कमब्याक जित

काठमाडौं – महिला च्याम्पियन्स लिगमा आर्सनल पराजित भएको छ ।

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित

काठमाडौं – महिला च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर