विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । सर्लाहीको कबिलसी नगरपालिका-९ सलेम्पुरबाट अवैध लागूऔषध गाँजा २ सय ५० किलोग्रामसहित सोही नगरपालिका-१० बस्ने  २४ वर्षीय भाग्यनारायण महतो समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले ज.१ त ५५५१ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्याक्टरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । पर्साको वीरगंज महानगरपालिका-१६ इनर्वागाउँ चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ७० ट्याव्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा चितवन कालिकामाई नगरपालिका-६ बस्ने १९ वर्षीय सुजन तिवारी र सोही नगरपालिका-७ बस्ने १९ वर्षीय शक्ति परियार रहेका  छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा वीरगंज र अस्थायी प्रहरी पोष्ट इनर्वागाँउबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

पर्साकै पटेर्वा सुगौली गाउँपालिका-५ निचुटा नौगछियाबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित जगनाथपुर गाउँपालिका-५ सोपुर बस्ने ४५ वर्षीय हिरामान यादवलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र अस्थाई प्रहरी पोष्ट सुपौलीबाट खटिएको प्रहरीले बीआर २२ एई ६७४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

कैलालीको भजनी नगरपालिका-२ गौनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्रामसहित  सोही नगरपालिका-१ बस्ने २६ वर्षीय तपेन्द्र बोहरासमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले से.७ प १०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलालीकै टीकापुर नगरपालिका-९ खक्रौलास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  ९ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय नरेश रावल समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कपिलवस्तुको विजयनगर गाउँपालिका-२ पडरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४५ मिलिग्राम र १ थान डिजिटल तराजुसहित सोही ठाउँ बस्ने २३ वर्षीय विजय कुमार गुप्ता तेलीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

तेलीले लागूऔषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ६ : ०० बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग