थाई एयरले पुनः थाल्यो काठमाडौँ–ब्याङ्कक उडान | Khabarhub Khabarhub

थाई एयरले पुनः थाल्यो काठमाडौँ–ब्याङ्कक उडान


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आजदेखि काठमाडौँ–ब्याङ्कक उडान पुनः सुरु गरेको छ ।

कोभिड–१९ का कारण काठमाडौँको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको हो । कम्पनीले कोभिडका कारण २५ मार्च २०२० देखि काठमाडौँ गन्तव्यको उडान बन्द गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयरवेजले आजदेखि उडान पुनःसुरु गरेको छ । यसअघि थाइल्याण्डको आन्तरिक उडानमा रहेको थाई स्माइलले गर्दै आएको काठमाडौँ उडान आजैदेखि बन्द भएको छ । थाई स्माइल थाइल्याण्डको आन्तरिक उडानमा थियो ।

थाई एयरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो । कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो सयम उडान गरेको छ । कोभिडपछि अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । गत असोज ३० गते हालसम्मकै सर्वाधिक उडान दुईतर्फी एक सय १३ उडान भएको थियो । कात्तिकको पहिलो साता एक सय १० हाराहारी उडान भएको थियो ।

‘विन्टर सिजन’ अन्तर्राष्ट्रिय उडानको बढी माग आएको र एयर ट्राफिक व्यवस्थापनलाई मिलाएर उडान सहजीकरण गरिने विमानस्थलका महाप्रबन्धक तिवारीले बताउनुभयो । नेपालमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : ४९ बजे

एमाले सचिवालय बैठक भोलि बस्ने

काठमाडौं– समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत

भृकुटीमण्डपमा विराट महायज्ञ र विज्ञान सम्मेलन

काठमाडौं– विश्व कल्याण र शान्तिको कामना गर्दै स्थानीय भृकुटीमण्डपमा जारी

बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या  

दमौली– तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको

पर्यटन प्रवर्द्धन गर्न पाल्पामा साइकलयात्रा

रामपुर – जिल्लाको पर्यटन विकासका लागि शुक्रबार साइकलयात्रा सुरु भएको

काठमाडौंमा यसरी समापन गरियो छठ (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको गुहयेश्वरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा