बुवाको हत्या आरोपमा छोरा पक्राउ | Khabarhub Khabarhub

बुवाको हत्या आरोपमा छोरा पक्राउ


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – बुवाको हत्या गरेको अभियोगमा कैलालीको जानकी गाउँपालिका–३ का २४ वर्षीय गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार आफ्नै घरमा घरायसी विवादका क्रममा ढुङ्गा प्रहार गर्दा गणेशका बुवा ४५ वर्षीय हिरासिंह चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लोकराज अवस्थीले बताए ।

यसैगरी धानको भुस केलाउने क्रममा करेन्ट लागेर घाइते भएकी भजनी नगरपालिका—२ पल्टिपुर गाउँका १३ वर्षीया सुष्मा चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।

करेन्ट लागेर घाइते भएकी मृतककी आमा ४१ वर्षीया प्रेमी डगौराको भजनी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पङ्खाको सहायताले धानको भुस केलाउने क्रममा पङ्खाको तारबाट विद्युत् प्रवाह हुन गई दुवै जनालाई करेन्ट लागेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ९ : ४८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’