विश्व खेलकुदमा युएस ओपनको चर्चा | Khabarhub Khabarhub

विश्व खेलकुदमा युएस ओपनको चर्चा


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बुधबारदेखि अमेरिकामा युएस ओपन पौडी प्रतियोगिताको आयोजना हुँदै छ। एउटा घरेलु प्रतियोगिता भए पनि यसले विश्व खेलकुदमा ठुलो महत्त्व बोकेको छ। पौडीका ३५ स्पर्धाले निःसन्देह ओलम्पिकमा पहिलो हुने टोलीको टुङ्गो लगाउँछ।

अहिले अमेरिकी पौडी एकदमै ‘डेप्थ’ भएको तथा फिनिसिङ नभएको टोलीको रूपमा चिनिएको छ। यसै वर्ष जापानको फुकुवाकोमा भएको विश्व च्याम्पियनसिपमा सात स्वर्ण पदक जितेको अमेरिकी टोलीले कुल ३८ पदक जितेको थियो।

प्राय स्पर्धाका शीर्ष १० मा तीन या चार अमेरिकी छन्। तर, यी मध्ये स्वर्ण पदक जित्ने टुङ्गो कुनै स्पर्धामा छैन। सोही विश्व च्याम्पियनसिपमा अस्ट्रेलियाले १३ स्वर्ण पदक जित्दै परम्परागत अमेरिकी साख गिराएको थियो। केही अस्वाभाविक स्टारको पछिल्लो समयको उदयले अमेरिकालाई वास्तवमै सताएको छ। खासमा अमेरिकी पौडीको मुख्य आधार भनेको महिला स्पर्धा नै हो।

अहिले अमेरिकी पौडी एकदमै ‘डेप्थ’ भएको तथा फिनिसिङ नभएको टोलीको रूपमा चिनिएको छ। यसै वर्ष जापानको फुकुवाकोमा भएको विश्व च्याम्पियनसिपमा सात स्वर्ण पदक जितेको अमेरिकी टोलीले कुल ३८ पदक जितेको थियो।

रियो ओलम्पिकमा समावेश ३२ स्पर्धामध्ये १६ स्वर्ण पदक अमेरिकाले जितेको थियो। ठुला अक्षरमा ‘यूएसए १६ रेस्ट अफ द वर्ल्ड १६’ भनेर समाचार छापिएको थियो। परन्तु त्यसको एक वर्षअघि काजानमा भएको विश्व च्याम्पियनसिपमा अमेरिकाको अवस्था एकदमै खराब थियो।

विश्व पौडीमा एउटा संयोग देखिएको छ। ‘अड एयर’मा अमेरिकाको प्रदर्शन कमजोर तथा ‘इभन एयर’मा शानदार रहने गरेको छ। सन् २०१७ मा हंगेरीको बुढापेस्टमा भएको विश्व च्याम्पियनसिपमा भने अवस्था फरक थियो।

युएस ओपनमा केही हेर्न लायक स्पर्धा छन्। चार सय मिटर फ्रिस्टाइलमा क्यानडाकी स्टार समर म्याककन्टस अमेरिकी लिजेन्ड केटी लेडेक्कीको स्पर्धा हेर्न लायक हुनसक्छ। परन्तु म्याककन्टसलाई बलियो दाबेदार मानिएको छ। विश्व च्याम्पियनसिपमा लेडेक्कीले रजत पदक जितेकी थिइन् भने म्याककन्टस चौथो स्थानमा स्तब्ध भएकी थिइन्। तथापि म्याककन्टस खेलमा फर्कँदै दुई सय मिटर बटरफ्लाइ तथा चार सय मिटर मेड्लीमा उपाधि जित्न सफल भएकी थिइन्। ४ सय मिटर फ्रिस्टाइलमै विश्व कीर्तिमानधारी विश्व विजेता एसियन टिटमस अस्ट्रेलियाको घरेलु प्रतियोगितामा पौडी रहेका छन्।

युएस ओपनमा भने लेडेक्की र म्याककन्टस दुवैले चार मिनेट भन्दा कम समयमा दुरी पुरा गर्ने अनुमान गरिएको छ। लेडेक्कीले यस प्रतियोगिताको २ सय मिटर फ्रिस्टाइलका साथै लामो दुरीमा पनि पौडने छिन्। म्याककन्टसले पनि विश्व च्याम्पियन रहेको स्पर्धामा सहभागिता जनाउने छिन्।

भर्जिनियाबाट अमेरिकी कलेज प्रतियोगितामा शानदार प्रदर्शन गरेकी ग्लेचन वाल्स लङ कोर्समा पनि सनसनी फैलाउन सक्ने हुन् ? या होइनन् भन्ने धेरैको चासो छ। उनले ५० र १ सय यार्डमा इतिहासमै छिटो समयमा पौडेकी थिइन्। उनी दुई सय मिटर शीर्ष १० बाट बाहिर रहेकी थिइन्।

युएस ओपनमा भने लेडेक्की र म्याककन्टस दुवैले चार मिनेट भन्दा कम समयमा दुरी पुरा गर्ने अनुमान गरिएको छ। लेडेक्कीले यस प्रतियोगिताको दुई सय मिटर फ्रिस्टाइलका साथै लामो दुरीमा पनि पौडने छिन्। म्याककन्टसले पनि विश्व च्याम्पियन रहेको स्पर्धामा सहभागिता जनाउने छिन्।

लङ कोर्स स्पर्धामा वाल्सले पहिलो पटक २०२३ मा महत्त्वपूर्ण फड्को मारेकी थिइन्। सन् २०१९ को जुनियर व्रिश्व च्याम्पियनसिपमा सनसनी फैलाएकी उनी स्टार हुने आङ्कलन गरिए पनि त्यसपछि फर्ममा फर्कन सकेकी थिइनन्।सन् २०२३ मा उनले विश्व च्याम्पियनसिपमा ५० मिटर बटरफ्लाईमा कास्य पदक जितेकी थिइन्। मेड्ली रिलेमा अमेरिकालाई स्वर्ण पदक दिलाउन समेत उनको भूमिका थियो।

पहिलो पटक ओलम्पिक यात्राको सम्भावनालाई यो युएस ओपनमा ध्यान पूर्वक हेरिएको छ। संसारको शीर्ष सातमा वाल्ससहित अमेरिकी कीर्तिमान धारी टोरी हस्क, रेगन स्मिथ, क्लेरी कुर्जन र केटी डगलस छन्। उनले युएस ओपनमा हस्क, कुर्जन र डगलससँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

यी सबैसहित भेट्रान सिमोन मानुएल र एबी विटजेल मात्र होइन हङकङकी सिबोन हाउजीको उपस्थितिले १ सय मिटर फ्रिस्टाइल अझ रोमाञ्चक बनाउने छ। विश्व च्याम्पियनसिपको टोलीमा समेत नपरेपछि स्ट्यान्डफोर्ड छाडेर अर्को कलेज भर्जिनिया रोजेकी कुर्जनले नयाँ कलेज आगमन पछिको पहिलो स्पर्धामा सहभागिात जनाउँदै छिन्।

सन् २०२३ को विश्व च्याम्पियनसिप छनोटको केही अघि उनी बिमारी परेकी थिइन्। तथापि व्रिश्व च्याम्पियनसिपको टोलीको नजिक पुगेकी थिइन्। उनी दोस्रो पटक ओलम्पिक सहभागिताका लागि लायक पनि छन्। बटरफ्लाइ र फ्रिस्टाइलको अलावा कुजर्नले दुवै ब्याकस्ट्रोकका स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन्।

पहिलो पटक ओलम्पिक यात्राको सम्भावनालाई यो युएस ओपनमा ध्यान पूर्वक हेरिएको छ। संसारको शीर्ष सातमा वाल्ससहित अमेरिकी कीर्तिमान धारी टोरी हस्क, रेगन स्मिथ, क्लेरी कुर्जन र केटी डगलस छन्। उनले युएस ओपनमा हस्क, कुर्जन र डगलससँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

एक सय मिटर ब्याकस्ट्रोकमा उनी सन् २०२२ को विश्व च्याम्पियनसिपमा कास्य पदक जित्न सफल भएकी थिइन्। यसैगरी दुई सय मिटर ब्याकस्ट्रोकमा उनले अमेरिकी च्याम्पियनसिपमा तेस्रो स्थान पाएकी थिइन्। १ सय मिटरमा रेगन स्मिथ, क्याथलीन ब्याकरोफ, फुबी ब्याकन र ओलीभीया स्मोलीगासँग कुर्जनको प्रतिस्पर्धा हेर्न लायक हुनेछ।

रेगन स्मिथले पेरिसको ओलम्पिकमा केली म्याककोनलाई कसरी चुनौती दिने छिन् भन्ने अर्को चासोको विषय बनेको छ। व्रिश्व च्याम्पियनसिपमा ब्याकस्ट्रोकमा म्याककोन भन्दा पछि परेकी स्मिथको इन सिजन समय भने म्याककोनको भन्दा राम्रो हुने गरेको छ।

प्रशिक्षण बब बुम्यानसँगको सहकार्यको दुई वर्षमा प्रगति गरीरहेकी उनले विश्व च्याम्पियनसिप पनि लङकोर्षमा सहभागिता जनाएकी छैनन्। तथापि यार्डमा अमेरिकी कीर्तिमान कायम गरेकै कारण उनको प्रगति लङ कोर्समा हेर्न सबै लालायित छन्।

सबै भन्दा कमजोर रहेको ब्रेस्ट स्ट्रोकमा प्रगति गरेकै कारण दुई सय मिटर मेड्लीमा स्मिथको स्तर पनि पक्कै राम्रो भएको अनुमान छ। युएस ओपनमा सो स्पर्धामा स्मिथले म्याककन्टस , म्याककोन र व्रिश्व च्याम्पियन डगलससँग प्रतिस्पर्धा हुनेछ।

सन् २०१५ सम्म अमेरिकी पौडीको अपरिचित नाम लिली किङ हो। त्यसपछि एकाएक नायिकाको रूपमा स्थापित भएकी थिइन्। उनले सन् २०१६ मा रियो ओलम्पिकमा स्वर्ण पदक मात्र जितिनन्। मेरिकालाई मेड्ली रिलेमा स्वर्ण पदक दिलाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

सन् २०१७ मा उनले १ सय मिटरमा स्वर्ण तथा २ सय मिटरमा रजत पदक जितेकी थिइन्। सोही समयदेखि नै किङको कारण अमेरिकी टोली मेड्ली रिलेमा उत्कृष्ट मानिएको थियो।

सन् २०१९ मा पनि १ सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण जितेकी उनले टोकियो ओलम्पिकमा एक सय मिटरमा कास्य तथा दुई सय मिटरमा रजत पदक जितेकी थिइन्। सन् २०२२ को विश्व च्याम्पियनसिपको केही अघि बिमारी भए पनि उनले २ सय मिटरमा स्वर्ण जितेकी थिइन्।

सन् २०१५ सम्म अमेरिकी पौडीको अपरिचित नाम लिली किङ हो। त्यसपछि एकाएक नायिकाको रूपमा स्थापित भएकी थिइन्। उनले सन् २०१६ मा रियो ओलम्पिकमा स्वर्ण पदक मात्र जितिनन्। मेरिकालाई मेड्ली रिलेमा स्वर्ण पदक दिलाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

यस वर्षको विश्व च्याम्पियनसिपमा भने उनी एकल स्पर्धामा पदक विहीन भइन्। उनको पुनरागमन कस्तो हुनेछ भन्ने प्रश्न धेरैको सामु छ। सन् २०१६ देखि २०२२सम्म विश्व पौडीमा सनसनी फैलाएका केलेब ड्रेसेलले सन् २०२२ को विश्व च्याम्पियनसिपमा पहिलो दिनको रिलेमा सहभागिता जनाएपछि अन्य रेस नै त्यागेका थिए।

लामो समय गुमनाम ड्रेसेल यस वर्षको विश्व च्याम्पियनसिपमा लागि भएको अमेरिकी छनोटमा कमजोर साबित भए। उनले एक अन्तरवार्तामा टोकियो ओलम्पिकको प्रशिक्षण साइकल विशेष हुने बताएका छन्। यसको रिहर्सल सायद यसै युएस ओपनमा हुने छ। पेरिसमा पनि अमेरिकाले ‘सिङ्गल अमेरिका भर्सेस रेस्ट अफ द वर्ल्ड’ भन्ने सामर्थ्य राख्छ या राख्दैन ? त्यसको अनुमान गर्न बुधबार सुरु हुने युएस ओपनले पक्कै केही लक्षण देखाउने छ।
स्रोतः स्विमस्वाम, स्विमिङ वर्ल्ड म्यागेजिन

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ८ : ०५ बजे

ओली प्रधानमन्त्री भए पनि नीतिगत नेतृत्व कांग्रेसले गर्नुपर्छ : कृष्ण सिटौला

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले वर्तमान सरकारलाई नीतिगत नेतृत्व

शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

मनहरी – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले अबको शिक्षा

राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’

दमौली– राष्ट्रिय एकता दिवसका अवसरमा ऋषिङ गाउँपालिकाको आयोजनामा ‘चौथो ऋषिङ

दोस्रो दिन पनि रविसँग बयान, पहिलो दिन अस्वीकार गरेका थिए आरोप

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद

भारतीय पूर्वप्रधानमन्त्री सिंह निधनमा सात दिन राजकीय शोक घोषणा

नयाँदिल्ली– सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये