दशैं तिहारको बीचमा ३० हजार पर्यटक कालिञ्चाेक पुगे | Khabarhub Khabarhub

दशैं तिहारको बीचमा ३० हजार पर्यटक कालिञ्चाेक पुगे


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

दोलखा- दाेलखा जिल्लाको धार्मिक,तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा आन्तरिक तथा बाह्र पर्यटकको चहलपहल बढेको छ ।

बडा दशैँ देखी यस क्षेत्रमा आन्तरिक तथा बाह्र पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएकोमा तिहार पछि पनि उल्लेखनीय रूपमा जिल्ला भित्र र आसपासका जिल्लाबाट आउने पर्यटकले कुरी र मन्दिर क्षेत्रमा चहलपहल बढेको स्थानीय होटेल व्यवसायी नवराज पाख्रिनले बताएका छन् ।

कात्तिक महिनामा मात्रै करिब ३० हजार जना कालिञ्चाेक भगवतीको दर्शन गर्ने तथा कालिञ्चाेक गुम्न आएको उनले सुनाए । त्यस यता पनि आंशिक रूपमा पर्यटकहरूको आवतजावत भइरहेको छ दशैं र तिहारकाे बीचमा २१ हजारभन्दा बढीले दर्शन गरेका छन् ।

धर्मप्रति आस्थावान् भएर पूजा आराधना गरी कालिञ्चोक भगवतीलाई प्रसन्न पार्न सके मनले चिताएको पूरा हुने विश्वासले दशैं देखि नयाँ वर्ष वैशाखसम्म पर्यटकीय स्थल कालिञ्चाेकमा चहलपहल हुने गर्छ । एक महिनाको अवधिमा करिब २० हजारले केबुलकार मार्फत कालिञ्चाेक भगवतीको दर्शन गरेका छन् भने,१० हजारको हाराहारी सङ्ख्यामा पैदल मार्ग हुँदै मन्दिर पुगेको पाइएको छ ।

त्यस्तै मंसिर पहिलो साता पनि उल्लेखनीय रूपमा आन्तरिक पर्यटक कालिञ्चाेक पुग्न थालेका छन् । समुद्र सतहदेखि तीन हजार ८४२ मिटर उचाइमा अवस्थित कालिञ्चोक भगवतीका बारेमा केही किंवदन्ती प्रचलित छ ।

परापूर्व कालमा कुतीबाट खासा हुँदै भेडा ल्याउँदा कालिञ्चोकबाट नै ल्याउनु पर्दथ्यो । यहाँ आइपुग्दा सात वटा भेडा भेडा हराएका थिए । त्यसपछि गोठालाहरूले कामेर बक्दै अबीर, केशरी र भेटी चढाएपछि भेडा हराउन छोडेको जनविश्वास रहेको छ । त्यसपछि कालिञ्चोक भगवतीलाई मान्ने क्रम सुरु भएको स्थानीय मकरध्वज तमाङले बताए ।

स्कन्द पुराणमा कामाचल गिरी हिमवत खण्डमा हिमालय पर्वत र कालीपुराणमा कलिञ्जर भन्ने उल्लेख भएको ठाउँ नै कालिञ्चोक भएकाे यससँग सम्बन्धित जानकारहरू बताउँछन् । उनीहरूका अनुसार तीन हजार वर्षसम्म तपस्या गरेर पार्वतीले राक्षस मारेको स्थान नै कालिञ्चोक हो । यहाँ जनै पूर्णिमा, कृष्णाष्टमी समेतमा विशेष मेला लाग्ने गर्दछ । मेलामा धाँमीझाँक्रीको ठूलो भीड हुने गर्दछ भने अन्य भक्तजनहरू पनि छोराछोरी, धन सम्पत्ति, विद्या प्राप्तिका लागि वरदान माग्न आउने गरेको स्थानीयवासीहरु बताउँछन् ।

यहाँ कुनै भगवतीको मूर्ति देख्न पाइँदैन । बाह्रै महिना पानी रहिरहने एउटा कुण्ड छ, त्यसैलाई भक्तजन कालिञ्चोक भगवती भनी पुज्ने गर्दछन् । चरिकोट–कुरी १८ किलोमिटर कच्ची सडक निर्माण भएको छ । कुरीमा सयौँ होटेल लज बनेका छन् । कुरीबाट मन्दिरसम्म पुग्न केबुलकारको पनि व्यवस्था भएको छ ।

महत्त्वपूर्ण र सुरक्षित,धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीय सरकार जुरमुराउन लागेको छ । कालिञ्चोकमा केवलकार निमार्णसँगै यो क्षेत्रमा आउनेका सङ्ख्यामा वृद्धि भएको छ । आन्तरिक र बाह्य पर्यटकको चाप बढेसँगै यहाँका होटलहरुमा लगानी थपिँदै गएको छ । आसपासका सुन्द्रावती, लापिलाङ र कालिन्चोक गाउँपालिकाबाट पनि सडक सञ्जाल जोडिन थालेका छन् ।

काठमाडौँतिरबाट त आवतजावत छँदै छ, अब दक्षिणतिर झापासमेतबाट आवतजावत गर्न प्याकेजको रूपमा व्यवस्था मिलाउन लागिएको कालिञ्चोक गाउापाकिा अध्यक्ष अर्जुन शिवाकोटीले बताए । कालिन्चोक भगवती दोलखा जिल्लाको रमणीय एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण स्थानका रूपमा परिचित छ । कालिन्चोक माताको आँगनमा उभिएर पूर्वदेखि पश्चिमसम्म हिमाल नै हिमालको लाइन देख्दा यहाँ पुग्ने सबैले स्वर्ग पुगेको अनुभूति गर्छन् ।

सुबास बस्नेत 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १२ : २७ बजे

लगाइयो भाइटीका, सकियो तिहार

काठमाडौं- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो

दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा लगाए टीका (तस्बिरहरु)

काठमाडौं- आज यमपञ्चकको प्रमुख दिन भाइटीका देशैभरी मनाइएको छ ।

किरातीलाई बेलायतको नेपाली प्रतिष्ठानद्वारा विशिष्ट प्रतिभा सम्मान

सुनसरी–  नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यो बर्षको ‘विशिष्ट प्रतिभा सम्मान’

गुन्यालफाँटाको बादी बस्तीमा छैन तिहारको रौनक

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको रौनकता

रुसमाथि नयाँ प्रतिबन्ध लगाउँदै ट्रम्पले गरे पुटिसँगको भेटवार्ता रद्द

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हंगेरीको