सोल्टी होटलमा क्रिसमस बजार आयोजना हुने  « Khabarhub

सोल्टी होटलमा क्रिसमस बजार आयोजना हुने 


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी डिसेम्बर २मा सोल्टी होटल काठमाडौंमा क्रिसमस बजार आयोजना हुने भएको छ । एवन बजारको रूपमा विगत चार दशक देखि एक्टिभ उमन अफ नेपाल (एवन) ले सञ्चालन गर्दै आएको यो एक किसिमको च्यारीटेबल सेलिब्रेसन पनि हो ।

टर्किस एअरलाइन्स, नेपाल एअरलाइन्स, डाबर नेपाल, काल्र्सवर्ग तथा रुपिज् इन्टरनेशनल स्कूल प्रयोजक रहेको एवन बजारको उद्घाटन भने अमेरिकी राजदूत की श्रीमती जेन क्रिल थोम्पसनले गर्दै छिन्, उनी एवन कि अनररी प्रेसिडेन्ट समेत हुन् ।

एक सय भन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न स्टार्टअपस् कम्पनी, अर्गानिक पोडक्टस्, विभिन्न किसिमका स्थानीय उत्पादनहरू, फेसनवेयर, ट्राभल लगायतका स्टलहरू रहनेछन् । विभिन्न क्षेत्रका प्रभावशाली ब्यक्तिले आफ्नो रुचीका आधारमा गरेका काम र उत्पादनलाई विशेष प्राथमिकता दिइने एवन बजारबाट सङ्कलित रकम समेत एवनका च्यारीटेबल कार्यहरूमा खर्चिने गरिएको विज्ञप्तिमा उल्लेख छ ।

७५ वर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा विशेषज्ञहरूले सञ्चालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्था मध्ये एक हो । जुन समयसँगै अमेरिकन एम्बेसीमा सिमित नभएर नेपालमा बसोबास गर्ने एक्स्प्याट र नेपाली एक्टिभ उमनको साझा संस्था बन्न पुगेको हो ।

एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठ भन्छिन्, ‘देशको जुनसुकै आवश्यकतामा एवन सक्रिय भएर लाग्ने गरेको छ, हालै जाजरकोटमा गएको विनाशकारी भूकम्पमा समेत एवले सक्रियता पूर्वक राहत समग्रि संकलन तथा वितरणका  लागि काम गरिरहेका छौँ ।’ उनी थप्छिन, ‘हामीले सयौँ छात्रवृत्ति, ग्रामीण महिलालाई सेनिटरी प्याड वितरण, वृद्धाश्रम तथा बालगृहलाई सहयोग गर्ने लगायतका कार्यहरू गर्दै आएका छौँ ।’

एवन बजारमा प्रवेश निःशुल्क रहेको छ भने बिहान नौ बजे देखी साँझ ६ बजे सम्म चल्ने बजार राजदूत पत्नी जेन ले बिहान दश बजे उद्घाटन गर्नेछिन् । बालबालिकाका लागि आकर्षक गेमिङ्ग जोन समेत रहने छ ।

यस्तै एवन बजारमा जाजरकोट भूकम्प पीडितको राहत सङ्कलनका लागि फेडेरेसन अफ उमन एन्टरप्रेनर्स एसोसिएसन अफ नेपाल र जोन्टा क्लबसँगको सहकार्यमा राहत संकलन गर्ने ठाउँ समेत छुट्याईएको विज्ञप्तिमा उल्लेख गरीएकाे छ । जाजरकोटका भूकम्प पीडितलाई राहत सामग्री दिन मन हुनेले एवन बजारमा जुनसुकै नयाँ वा पुराना सामाग्री राहत स्वरूप लिएर आउन समेत एवनले आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १ : २७ बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी