विराटनगरमा भ्रामक र मिथ्या सूचना विरुद्धको कार्यशाला हुने | Khabarhub Khabarhub

विराटनगरमा भ्रामक र मिथ्या सूचना विरुद्धको कार्यशाला हुने


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरमा भ्रामक र मिथ्या सूचना विरुद्धको कार्यशाला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावास अन्तर्गतको युवा परिषदमा आबद्ध युवाहरुको समूह प्रोजेक्ट जागरणले भ्रामक र मिथ्या सूचनाविरुद्ध युवाहरुलाई सशक्त पार्ने उद्देश्यले कार्यशाला आयोजना गर्न लागेको हो ।

यहि मंसिर १४ र १५ गते विराटनगरस्थित शिक्षादीप कलेज र अरनिको कलेजमा कार्यशाला आयोजनाको तयारी हुँदैछ । कार्यशालामा युवा परिषदमा आबद्ध युवाहरुले भ्रामक र मिथ्या सूचनाविरुद्ध तयार पारेका सामाग्रीहरु प्रस्तुत गर्नेछन् । करिब दुई घण्टासम्म चल्ने कार्यशालाका सहभागिहरुले सही सूचना र मिथ्या सूचनाबीचको फरक छुट्टयाउन विभिन्न विधिहरुसमेत सिकाइने छ ।

मंगलबार बिहान पत्रकारहरुसँगको भेटघाटमा प्रोजेक्ट जागरणकी संयोजक श्रृजा खनालले मिथ्या सूचनाको प्रभाव केही हदसम्म न्यून गर्न प्रोजेक्ट जागरण सुरु गरेको बताइन् ।

“सामाजिक सञ्जालमा मिथ्या सूचनाको बाढी नै छ,” उनले भनिन्,“केही हदसम्म न्यून गर्न र सर्वसाधारणलाई मिथ्या सूचना र सही सूचना बीचको फरक बुझ्न सजिलो बनाउन हामीले प्रोजेक्ट जागरण सुरु गरेका हौं ।”

उनका अनुसार प्रोजेक्ट जागरण गलत/भ्रामक सूचना विरुद्ध युवाहरुलाई सचेत पार्दै समुदायलाई सशक्त पार्ने अभियान हो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ३ : ३९ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य