विराटनगरमा भ्रामक र मिथ्या सूचना विरुद्धको कार्यशाला हुने « Khabarhub

विराटनगरमा भ्रामक र मिथ्या सूचना विरुद्धको कार्यशाला हुने


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरमा भ्रामक र मिथ्या सूचना विरुद्धको कार्यशाला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावास अन्तर्गतको युवा परिषदमा आबद्ध युवाहरुको समूह प्रोजेक्ट जागरणले भ्रामक र मिथ्या सूचनाविरुद्ध युवाहरुलाई सशक्त पार्ने उद्देश्यले कार्यशाला आयोजना गर्न लागेको हो ।

यहि मंसिर १४ र १५ गते विराटनगरस्थित शिक्षादीप कलेज र अरनिको कलेजमा कार्यशाला आयोजनाको तयारी हुँदैछ । कार्यशालामा युवा परिषदमा आबद्ध युवाहरुले भ्रामक र मिथ्या सूचनाविरुद्ध तयार पारेका सामाग्रीहरु प्रस्तुत गर्नेछन् । करिब दुई घण्टासम्म चल्ने कार्यशालाका सहभागिहरुले सही सूचना र मिथ्या सूचनाबीचको फरक छुट्टयाउन विभिन्न विधिहरुसमेत सिकाइने छ ।

मंगलबार बिहान पत्रकारहरुसँगको भेटघाटमा प्रोजेक्ट जागरणकी संयोजक श्रृजा खनालले मिथ्या सूचनाको प्रभाव केही हदसम्म न्यून गर्न प्रोजेक्ट जागरण सुरु गरेको बताइन् ।

“सामाजिक सञ्जालमा मिथ्या सूचनाको बाढी नै छ,” उनले भनिन्,“केही हदसम्म न्यून गर्न र सर्वसाधारणलाई मिथ्या सूचना र सही सूचना बीचको फरक बुझ्न सजिलो बनाउन हामीले प्रोजेक्ट जागरण सुरु गरेका हौं ।”

उनका अनुसार प्रोजेक्ट जागरण गलत/भ्रामक सूचना विरुद्ध युवाहरुलाई सचेत पार्दै समुदायलाई सशक्त पार्ने अभियान हो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ३ : ३९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी