यस्तो छ एमालेको सङ्कल्प यात्राको रुट (सूचीसहित) « Khabarhub

यस्तो छ एमालेको सङ्कल्प यात्राको रुट (सूचीसहित)


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले बिहीबारदेखि पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित सङ्कल्प यात्रा सुरु गर्दैछ ।

बैतडीको झुलाघाटबाट यात्रा सुरु हुन लागेको हो । यात्राको उद्घाटन गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली बैतडी पुगेका छन् । उनले भोलि बिहान झण्डोत्तोलन गरेर यात्राको प्रारम्भ गर्नेछन् ।

अध्यक्ष ओलीले बिहान साढे ८ बजे झण्डोत्तोलन गरिसकेपछि ११ बजे गोठलापानी बजारमा कार्यक्रमलाई सम्बोधन गर्नेछन् । भोलिको यात्रा अमरगढी पुगेर समापन हुनेछ ।

त्यस्तै, दोस्रो दिन अमरगढीबाट यात्रा सुरु भएर सिलगढी पुगेर समापन हुनेछ । तेस्रो दिन सिलगढीबाट सुरु हुने यात्रा मङ्गलसेन पुगेर समापन हुनेछ ।

चौथो दिन मङ्गलसेनबाट यात्रा सुरु भइ दैलेखमा समापन हुनेछ । पाचाैँ दिनको यात्रा दैलेखबाट सुरु भएर सुर्खेतमा समापन हुनेछ भने छैठौँ दिन रुकुमकोट पुगेर यात्रा समापन हुनेछ ।

सातौँ दिनको यात्रा गलकोटमा पुगेर समापन हुनेछ । आठौँ दिनको यात्रा पोखरा पुग्नेछ ।

त्यसैगरी, नवौँ दिन गोरखा, दशौँ दिन बट्टार, एघारौँ दिन धुलिखेल, १२ औँ दिन मन्थली र १३ औँ दिनको यात्रा दिक्तेल पुग्नेछ । १४ औँ दिन भोजपुर, १५ औँ दिन वसन्तपुर, १६ औँ दिन सङ्क्रान्ति बजार र १७ औँ दिनको यात्रा फिदिम पुग्नेछ ।

१८ दिनपछि पाँचथरको चिवाभञ्ज्याङ पुगेर यात्रा समापन हुनेछ । १८ औँ दिन यात्रा पुनः फिदिम फर्किने र फिदिमबाट १९ औँ दिन अर्थात् पुष २ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

यस्तो छ रुट-

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ४ : ११ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि