धर्म निरपक्षेताका विषयमा सभापतिको धारणा व्यक्तिगत : कांग्रेस   « Khabarhub

धर्म निरपक्षेताका विषयमा सभापतिको धारणा व्यक्तिगत : कांग्रेस  


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले आफू संविधान कार्यान्वयन गर्ने विषयमा प्रतिबद्ध रहेको बताएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रचार विभाग प्रमुख मिन विश्वकर्माले कांग्रेस संविधानभन्दा बाहिर नजाने बताए ।

पछिल्लो समय भइरहेका व्यवस्था विरोधी गतिविधिप्रति पार्टी सचेत रहेको भन्दै विश्वकर्माले अहिले यो पार्टीमा छलफलको विषय नबनेको बताए । तर, व्यवस्था विरोधी गतिविधिप्रति पार्टी सचेत रहेको उनको भनाई छ ।

बैठकले आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि पार्टीले अर्थमन्त्रीलाई पार्टीको केन्द्रीय कमिटी बैठकमा राखेर सुझाव दिने निर्णय भएको उनले जानकारी दिए । बैठकले पार्टीका मन्त्रीहरुबाट अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

सरकारले भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि रकम पठाइसकेको तर स्थानीयको हातमा नपुगेकामा आफूहरु गम्भीर रहेको उपप्रधान तथा रक्षामन्त्री र अर्थमन्त्रीले बैठकमा बताएकोे उनले सुनाए ।

सरकारले अस्थायी आवास निर्माणको लागि दिने भनिएको ५० हजार एकैपटक दिन सरकारसँग कांग्रेसले माग गरेको उनले बताए ।

पार्टी सभापति देउवाले धर्म निरपक्षेताका विषयमा बोलेको विषय नितान्त व्यक्तिगत भएको भन्दै उनले यसको बारेमा पार्टीमा छलफल नभएको तर्क गरे ।

बैठकमा महासमितिको बैठकको तयारीबारे छलफल भएको उनले जानकारी दिए । पछिल्लो सयम उठेका सबै विषयलाई महासमिति बैठकले जवाफ दिने उनको भनाई छ ।

यो पनि..

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ५ : २९ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले