सरकारले वास्ता नगरेको भन्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानका स्थानीय आक्रोशित « Khabarhub

सरकारले वास्ता नगरेको भन्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानका स्थानीय आक्रोशित


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पर्याप्त पानी भएपनि आफ्नो क्षेत्रमा पाकिस्तान सरकारले आवश्यक पर्नेजति विद्युत उपलब्ध नगराएको भन्दै पाकिस्तान अधिनस्थ कश्मीरको गिल्गिट बाल्टिस्तानका स्थानीयहरुले आक्रोश पोखेका छन् ।

गिल्गिट बाल्टिस्तानका वरिष्ठ पत्रकार युसुफ नशादले पाकिस्तान सरकारले विद्युत्, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा ध्यान नदिएको बताए ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले आफ्नो क्षेत्रमा पर्याप्त पानीको स्रोत भएपनि आवश्यकताअनुसार विद्युत उपलब्ध हुन नसकेको उल्लेख गरे । पछिल्ला केही महिनायता लोडसेडिङ व्यहोर्दै आएको सो क्षेत्रमा बारम्बार प्रदर्शन हुँदै आइरहेको छ ।

त्यसबाहेक गिल्गिट बाल्टिस्तानमा अनुदानमा दिइने गहुँको भाउ पनि २० रुपैयाँले बढेर ५२ रुपैयाँ प्रतिकेजी पुगेको छ । उनले आफ्नो क्षेत्रका बासिन्दाहरु कठोर जीवन बाँच्न बाध्य भएको र उनीहरु आधारभूत अधिकारबाट पनि बञ्चित बनेको उल्लेख गरे ।

आफ्नो क्षेत्रमा वितरण भइरहेको गहुँको गुणस्तर पनि कमजोर रहेको उनको भनाइ छ । गुणस्तरहीन गहुँको उपभोग गर्ने मानिसहरु बिरामी बन्दै गइरहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १२ : १६ बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको