फाइल फोटो

समाचार

राप्रपा अध्यक्ष लिङदेन स्वदेश फिर्ता

By खबरहब

December 29, 2023

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्केका छन् । साताव्यापी हङ्कङको भ्रमण पूरा गरि आज बिहान स्वदेश अध्यक्ष लिङदेन स्वदेश फर्किएका हुन । 

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङ्कङको निमन्त्रणामा सो समाजद्वारा आयोजित अधिवेशनलाई सम्बोधन गर्न अध्यक्ष लिङदेन हङकङ पुगेका थिए, गत पुस ७ गते हङकङ पुगेका अध्यक्ष लिङदेनले हङकङ र मकाउमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष लिङ्देनको भ्रमण दलमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पानस आइसिसिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मतजंग कार्कीको पनि सहभागिता रहेको थियो ।