बालिका अपहरणकाे आराेपमा एक जना पक्राउ « Khabarhub

बालिका अपहरणकाे आराेपमा एक जना पक्राउ


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  दुई वर्षीया बालिकालाई अपहरण गरेको आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-३ बालकोट पानीटंकी बस्ने ३७ वर्षीय राज नेपाल रहेका छन् ।

काठमाडौं गौशालाबाट मंगलबार बालिका अपहरण भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई बिहीबार पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर टेकु काठमाडौं र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा भक्तपुर सूर्यबिनायक नगरपालिका-३ बालकोट पानीटंकीबाट ती बालिकालाई सकुशल उद्धार गरी पीडितको परिवारलाई जिम्मा लगाएको छ ।

उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १२ : ०० बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट