अर्थतन्त्र लयमा आएको छ; ६% वृद्धिदरको लक्ष्य भेटिन्छ : मन्त्री महत « Khabarhub

अर्थतन्त्र लयमा आएको छ; ६% वृद्धिदरको लक्ष्य भेटिन्छ : मन्त्री महत


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा आएकाले ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भेटिने अवस्था आएको बताएका छन् ।

भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री डा महतले पर्यटक आगमन, विप्रेषण, शेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो स्थितिमा रहेकाले समग्र स्थिति सन्तोषजनक भएको बताए । उनले बहुवर्षीय आयोजनामा स्रोतको सुनिश्चितताका आधारमा बजेटका विनियोजन प्रणाली विकास गरी बजेटका बेथितिमाथि नियन्त्रणका साथै बैंकको ब्याजदर घट्नु र बजार मूल्यवृद्धि पाँच दशमलव पाँचबाट नबढ्नुले पनि सकारात्मक सङ्केत मिलेको स्पष्ट पारे ।

मन्त्री डा महतले रातो किताबमा तोकिएकोभन्दा बाहिरबाट खर्च गर्ने स्थितिको अन्त्य गर्दै बजेट प्रणालीमा सुधार ल्याएको उल्लेख गरे । समाजका अध्यक्ष डा नारायण खड्काले ज्ञान र सूचनाको केन्द्रका साथै मुलुकको परिवर्तन, सभ्यता र इतिहासको वैभव पनि भएकाले पुस्तकालयलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले सरकारले समाजका लागि बजेट कटौती गरेको, पुस्तकालयको भवनका लागि जग्गा नभएको र समाजकल्याण परिषद्ले व्यापारिक पसल सरह भाडा बढाउने गरेको समस्याबारे मन्त्री डा महतलाई अवगत गराए ।

कार्यक्रममा समाजका अगुवा महेश अग्रवाल र तीर्थराज वन्तलाई सम्मान गरिएको थियो । विसं २०६० असोज ८ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सो पुस्तकालयमा वार्षिक ३० हजारभन्दा बढी पाठक आउने गरेका छन् । यसका दुई हजार चार सय वार्षिक सदस्य रहेका छन् ।

समाजले २०६२ सालदेखि पुस्तकालय सञ्चालन गरेको हो । पुस्तकालयमा हालसम्म ३७ हजार छ सय १४ पुस्तक उपहारस्वरुप प्राप्त भएका छन् भने चार हजार तीन सय ५१ पुस्तक खरिद गरिएका समाजले जनाएको छ ।

वाल्मीकि विद्यापीठले जग्गा दिने

सोही अवसरमा वाल्मीकि विद्यापीठका प्रमुख प्रा डा भागवत ढकालले विद्यापीठको हातामा संयुक्त पुस्तकालय सञ्चालन गर्नेगरी समाजको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन सकिने प्रस्ताव गरे ।

उनले विद्यापीठका लागि पुस्तकालय बनाउन बजेट अपुग भएका बेला समाजले भवनमा स्रोत खोज्ने गरी संयुक्त पुस्तकालय सञ्चालनमा ल्याउन सकिने बताए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १ : ५५ बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति