भारतीय विदेशमन्त्री एस जयशंकर जनवरी ४ मा नेपाल आउने « Khabarhub

भारतीय विदेशमन्त्री एस जयशंकर जनवरी ४ मा नेपाल आउने


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकर आगामी जनवरी ४ मा नेपाल आउने भएका छन् ।

दुई दिने नेपाल भ्रमणका क्रममा उनीसँगै विदेशसचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन निकायलगायतका अधिकारीहरू पनि आउने छन् ।

भारतीय वायुसेनाको विशेष विमानबाट उनी बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले उनलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाटसँगै भारतीय विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा पनि सहभागी हुनेछन् ।

नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गर्नेछन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ३ : १२ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।