भारतीय विदेशमन्त्री एस जयशंकर जनवरी ४ मा नेपाल आउने « Khabarhub

भारतीय विदेशमन्त्री एस जयशंकर जनवरी ४ मा नेपाल आउने


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकर आगामी जनवरी ४ मा नेपाल आउने भएका छन् ।

दुई दिने नेपाल भ्रमणका क्रममा उनीसँगै विदेशसचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन निकायलगायतका अधिकारीहरू पनि आउने छन् ।

भारतीय वायुसेनाको विशेष विमानबाट उनी बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले उनलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाटसँगै भारतीय विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा पनि सहभागी हुनेछन् ।

नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गर्नेछन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ३ : १२ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान