दुई दिन बिदा थप्ने सरकारको निर्णय « Khabarhub

दुई दिन बिदा थप्ने सरकारको निर्णय


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले साविकको बिदामा दुई दिन थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले साविकको बिदामा माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको जानकारी दिइन् ।

बैठकले नेपाल चीन व्यापार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालको तर्फबाट मन्त्रालयका सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गठन गरेको छ । त्यस्तै, सरकारले झुठो विवरण पेश गरी सिराहा प्रशासन कार्यालयबाट प्राप्त गरेका ६ वटा नेपाली नागरिकताका प्रमाणपत्रहरु रद्द गरि नेपाली नागरिकबाट हटाउने समेत निर्णय गरेको छ ।

त्यस्तै नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा र नौ जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

प्रवक्ता शर्माले बालकुमारी घटना निकै गलत भएको बताइन् । आफ्ना असन्तुष्टि, विषय, शान्तिपूर्वक राख्न पाउने अधिकार सबैलाई रहेपनि त्यसको आफ्नै तरिका हुने भन्दै अराजकतालाई प्रश्रय दिने काम कसैले गर्न नहुने उनले बताइन् ।

उहाले घटनाको विवरण लिने काम भइरहेको बताइन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : ०० बजे

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया