तस्बिर र भिडियोग्राफीबारे ‘मोमेन्टोग्राफी’ कार्यशाला सुरु « Khabarhub

तस्बिर र भिडियोग्राफीबारे ‘मोमेन्टोग्राफी’ कार्यशाला सुरु


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तस्बिर तथा श्रव्यदृश्यमा रुचि हुनेहरुका लागि लक्षित गरी  ‘मोमेन्टोग्राफी’ कार्यशाला आजदेखि सुरु भएको छ । ओभासु फिल्मद्वारा आयोजित १० दिने कार्यशालामा यस विधामा क्रियाशील १५ सञ्चारकर्मी सहभागी छन् । कार्यशाला यही पुस २२ गतेसम्म सञ्चालन हुनेछ । कार्यशालामा सहभागीलाई फिल्म निर्माणको कला र विज्ञानबारे अध्ययन गराइने आयोजकले जनाएको छ ।

आफ्नो कौशललाई तिखार्न यस कार्यशालाले सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, पछिल्ला समयमा आएका प्राविधिक परिवर्तन र यसको प्रयोगबारे कार्यशालामा गहन छलफल हुने छ । फिल्म निर्माता तथा फोटोग्राफरलाई क्यामेराका माध्यमबाट दृश्यलाई कसरी यथार्थ कलामा प्रस्तुत गर्ने, कथा कथनको आधारभूत कुराबाट जटिलतासम्म कसरी पुग्ने र यसमा प्राविधिक स्रोत साधनको उच्चतम प्रयोग कसरी गर्ने भन्ने विषयमा कार्यशालामा अध्यापन हुने छ ।

यस १० दिने कार्यशालामा क्यामेराका काम, प्रकाश तथा यिनीहरुको सही संयोजन गर्ने तौरतरिकाका बारेमा जानकारी दिइनाका साथै लेन्सका माध्यमबाट वास्तविक घटना तथा कथालाई दृश्यमा उतार्न प्राविधिक पक्ष तथा त्यसका लागि चाहिने कौशलका बारेमा सहभागीले ज्ञान हासिल गर्नेछन् । कार्यशालामा स्थलगत दृश्य छायाँकनदेखि सम्पादनका विषय पनि समेटिने आयोजकले जनाएको छ ।

थाइल्याण्डका प्रसिद्ध सिनेमाटोग्राफर तथा विशेषज्ञ डोर्न रतननाथत्सानी मुख्य प्रशिक्षक रहने यस कार्यशालामा नेपालका वरिष्ठ फोटो पत्रकार मिनरत्न बज्राचार्य, विष्णु कल्पितलगायतले प्रशिक्षण दिनेछन् । कार्यशालाका संयोजक ओभासु शाक्यले तस्बिर तथा भिडियोग्राफी क्षेत्रमा क्रियाशील तथा यस विधामा रुचि भएका व्यक्तिलाई कला र प्रविधिको संयोजनबारे ज्ञान दिलाउन कार्यक्रमको आयोजना गरिएकोे जानकारी दिए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : २५ बजे

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको