इपीएसको विषयमा प्रदर्शन रोक्न सरकारको आग्रह | Khabarhub Khabarhub

इपीएसको विषयमा प्रदर्शन रोक्न सरकारको आग्रह


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएसको विषयलाई लिएर भइरहेका गतिविधि बन्द गर्न आग्रह गरेको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले पानीजहाज निर्माण (सीप बिल्डिङ) क्षेत्रमा आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रमा पनि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको बताएको छ ।

मन्त्रालयले हाल एक वर्ष अवधिमा एकभन्दा बढी क्षेत्रमा कोरिया जान आवेदन दिन नसकिने व्यवस्था कोरियाले नै गरेको भन्दै त्यसै कारण यसअघि सीपबिल्डिङ क्षेत्रमा जान आवेदन दिएर परीक्षा दिएकालाई हाल सामेल गर्न नसकिएको जनाएको छ ।

ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुई जनाको मृत्यु भएको छ ।

घटनाको छानविन गर्न सरकारले डीआइजी लालमणि आचार्य संयोजकत्वमा  तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

याे पनि-

बालकुमारी प्रदर्शन : मृतकको सङ्ख्या २ पुग्यो

बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जनाको मृत्यु

ईपीएसका विद्यार्थीले जलाए मन्त्री ज्वालाको गाडी

बालकुमारी घटनाको छानविन गर्न डीआइजीको नेतृत्वको समिति गठन

ईपीएसका विद्यार्थीको प्रदर्शनका कारण बालकुमारी तनावग्रस्त (तस्बिरहरु)

कोरियाले लागु गरेको नियम आप्रवासी कामदार जाने १६ वटै मुलुकलाई लाग्ने गरेको भन्दै मन्त्रालयले तर पनि सीप बिल्डिङ क्षेत्रमा जान आवेदन दिएर परीक्षा दिएकालाई अब उत्पादनमूलक क्षेत्रमा आवेदन दिन सकिने व्यवस्थाका लागि तयारी भइरहेको बताएको छ ।

यस विषयमा भइरहेको आन्दोलनका क्रममा शुक्रवार दुखद घटना भएको भन्दै मन्त्रालयले समवेदना पनि प्रकट गरेको छ ।

हेर्नुहोस् श्रम मन्त्रालयको विज्ञप्ति-

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : २४ बजे

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक