बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले गर्‍यो प्रदर्शन « Khabarhub

बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले गर्‍यो प्रदर्शन


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रर्दशनका क्रममा दुई जनाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

शुक्रबार साँझ प्रदर्शनीमार्गमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको हो । रोजगारीका लागि आवेदन माग गर्ने युवालाई सरकारले गोली हानेको भन्दै विद्यार्थी संगठन विरोधमा उत्रिएको हो ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले युवाहरुमाथि बर्बर दमन भएको र दुई युवाले ज्यान गुमाउन पुगेको बताए । उनले सरकारको गलत नीतिले युवाहरु विदेशीन बाध्य भएको र विदेश गएका युवाहरुकै कारण मुलुकको अर्थतन्त्र चलेको जिकिर गरे । उनले युवाहरुको हत्याको भत्र्सना गर्दै दोषीलाई कारवाही गर्न माग गरे । उनले गिरफ्तार गरिएका युवाहरुको पनि रिहाइको माग गरे ।

बालकुमारीमा ईपीएस परीक्षाका लागि आन्दोलन गर्ने क्रममा प्रहरीसँगको मुठभेडमा दुई विद्यार्थीको मृत्यु भएपछि सर्वत्र सरकारको विरोध भइरहेको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै