बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले गर्‍यो प्रदर्शन « Khabarhub

बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले गर्‍यो प्रदर्शन


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रर्दशनका क्रममा दुई जनाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

शुक्रबार साँझ प्रदर्शनीमार्गमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको हो । रोजगारीका लागि आवेदन माग गर्ने युवालाई सरकारले गोली हानेको भन्दै विद्यार्थी संगठन विरोधमा उत्रिएको हो ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले युवाहरुमाथि बर्बर दमन भएको र दुई युवाले ज्यान गुमाउन पुगेको बताए । उनले सरकारको गलत नीतिले युवाहरु विदेशीन बाध्य भएको र विदेश गएका युवाहरुकै कारण मुलुकको अर्थतन्त्र चलेको जिकिर गरे । उनले युवाहरुको हत्याको भत्र्सना गर्दै दोषीलाई कारवाही गर्न माग गरे । उनले गिरफ्तार गरिएका युवाहरुको पनि रिहाइको माग गरे ।

बालकुमारीमा ईपीएस परीक्षाका लागि आन्दोलन गर्ने क्रममा प्रहरीसँगको मुठभेडमा दुई विद्यार्थीको मृत्यु भएपछि सर्वत्र सरकारको विरोध भइरहेको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ४२ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका