पूर्वनौसेना कमान्डर डोङ जुन चीनको नयाँ रक्षामन्त्री नियुक्त « Khabarhub

पूर्वनौसेना कमान्डर डोङ जुन चीनको नयाँ रक्षामन्त्री नियुक्त


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा शुक्रबार पूर्वनौसेना कमान्डर डोङ जुन नयाँ रक्षामन्त्री नियुक्त भएका छन् । अक्टोबरमा ली साङ्फुलाई आश्चर्यजनक रूपमा हटाइएपछि उत्पन्न भएको रिक्ततालाई डोङको नियुक्तिले पूर्ति गरेको छ ।

चीनले आगामी महिना राष्ट्रपति निर्वाचन हुनुअघि ताइवानको स्वशासित टापुमा बेइजिङले सैन्य दबाब बढाइरहेको समयमा डोङको पदोन्नति भएको छ । सरकारी समाचार समिति सिन्ह्वाले डोङलाई चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिको बैठकमा नियुक्त गरिएको जनाएको छ ।

बेइजिङले सात महिनाको जिम्मेबारीपछि लीलाई हटाउनुको कुनै आधिकारिक कारण बताएको छैन । उनको निष्कासन मुलुकको सैन्य प्रतिष्ठानमा उच्चस्तरीय पदअवनतिको शृङ्खलामध्येको एक थियो ।

सिन्ह्वाका अनुसार बेइजिङको शीर्ष राजनीतिक सल्लाहकार समितिबाट प्रमुख चिनियाँ क्षेप्यास्त्र रक्षा कम्पनीका तीन कार्यकारीलाई हटाइएको छ । कथित भ्रष्टाचारविरुद्ध लड्नु चिनियाँ राष्ट्रपति सी जिनपिङको शासनको केन्द्रीय विषय बनेको छ ।

हालैका महिनाहरूमा बेइजिङको आणविक हतियारको निरीक्षण गर्ने सेनाको एकाइका रूपमा रहेको गोप्य रकेट फोर्सको नेतृत्वमा पनि परिवर्तन भएको देखिएको छ । यसका पूर्वप्रमुखसँग सम्बन्धित भ्रष्टाचारको अनुसन्धानको मिडिया रिपोर्टहरू आएपछि नेतृत्वमा परिवर्तन गरिएको हो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ५१ बजे

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी