बालकुमारी घटनाबारे रवि लामिछानेको प्रतिक्रिया : दुई युवा देश छाड्न खोज्दै थिए, संसार छाड्ने बनाइदिए « Khabarhub

बालकुमारी घटनाबारे रवि लामिछानेको प्रतिक्रिया : दुई युवा देश छाड्न खोज्दै थिए, संसार छाड्ने बनाइदिए


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीको घटनाले गृह मन्त्रालयको असक्षमता फेरि एकपटक उदांगो भएको प्रतिक्रिया दिएका छन् ।

बालकुमारीमा शुक्रबार प्रहरीको लाठीचार्जबाट दुई जनाको प्रदर्शनकारीको ज्यान गएको घटनामा आफू मर्माहत भएको लामिछानेले बताएका छन् ।

कोरियामा रोजगारीका लागि आवदेन दिन नपाएर आक्रोशित बनेका युवाले शुक्रबार बालकुमारीमा प्रदर्शन गर्नुका साथै गाडीमा आगजनीसमेत गरेका थिए । घटनामा प्रहरीको पिटाइबाट दुईजनाको ज्यान गएको थियो ।

घटनाप्रति दुःख व्यक्त गर्दै सभापति लामिछानेले भनेका छन्, ‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइदिए ।’

हेर्नुहोस् लामिछानेको प्रतिक्रिया–

आज बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एकपटक उदाङ्गो भएको छ। दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन् ।
आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ ।

घटना पश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्ने तर्फ पनि उतिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला। रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती दुई नेपालीले ज्यानै गुमाउनुपर्ने स्थिति देख्दा मर्माहत भएको छु।

शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना । गएको ज्यानको क्षतिपूर्ति कुनै हालतमा हुँदैन। तर परिवारलाई राहत दिइयोस्। परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा पनि सरकारको ध्यानाकर्षण होस्।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ७ : ४६ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका