कांग्रेस बैठक : मन्त्रीको आलोचना, मर्यादाक्रमको किचलो मिलाउन ध्यानाकर्षण « Khabarhub

कांग्रेस बैठक : मन्त्रीको आलोचना, मर्यादाक्रमको किचलो मिलाउन ध्यानाकर्षण


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीको आलोचना भएको छ । बैठकमा बोल्न अधिकांश केन्द्रीय सदस्यले कांग्रेसका मन्त्रीहरुले सुधारका काम गर्न नसकेको भन्दै मन्त्रीको आलोचना गरेका हुन ।

केन्द्रीय सदस्य प्रकाश रसाइलीले मन्त्रीसँग कांग्रेस सांसदको भूमिका पनि प्रभावकारी नभएको बताए । ‘उहाँ मन्त्रीको भूमिका मन्त्री होइन । हाम्रा सांसदको भूमिका पनि प्रभावकारी देखिएको छैन,’ उनले भने । अर्का केन्द्रीय सदस्य मधु आचार्यले भने, ‘एउटा काम सिंधै जनतालाई प्रभावपार्ने, जनताको मत जित्ने के काम गर्नुभयो ? जनताको मन छुने एउटा काम गरेको देखाउनुस् ।’

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आम नागरिक व्यवस्थासँग भन्दा पनि व्यवस्था परिवर्तन गरेर अवस्था बदल्न नसक्ने नेताहरुसँग रिसाएको तर्क गरे ।

केन्द्रीय सदस्य दिनेश कोइरालाले बैठकमा वर्तमान सरकारको औचित्य सकिएको निष्कर्ष सुनाए । सरकार असफल भएको प्रधानमन्त्रीले स्विकारेको दाबी गर्दै कोइरालाले भने, ‘मन्त्रीहरुको फेरबदल होइन । सबै दल समेटेर सर्वदलीय सरकार बनाउनु पर्दछ ।’

कांग्रेसबाट मन्त्रीपरिषद्मा नौ जना मन्त्री छन् । कांग्रेसले मन्त्रीहरूलाई बैठकमा कार्यसम्पादनको अवस्थाबारे लिखित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

हिजो र आज गरेर ६ जना मन्त्रीले बैठकमा एक वर्षको अवधिमा आफूबाट सम्पादित भूमिका र कार्यहरुका सम्बन्धमा ब्रिफिङ गरेका छन् । हिजोको बैठकमा स्वास्थ्यमन्त्री महोनबहादुर बस्नेत आफ्नो रिपोर्ट पेस गरेका थिए ।

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र मन्त्री एनपी साउँद, सहरी विकास मन्त्री सीता गुरुङ, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले यो अवधिमा सम्पादित भूमिका र कार्यहरुका सम्बन्धमा बैठकलाई जानकारी गराएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा चासो

केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने सदस्यहरुले राष्ट्रिय सभाको उम्मेदवार छनोट गर्दा यसअघि अवसर नपाएकालाई प्राथमिकतामा राख्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । केन्द्रीय सदस्य रामहरि खतिवडाले राष्ट्रियसभालाई चुनाव हारेका र समानुपातिकमा पहिला नाम राखेकाको डम्पिङ स्थल बनाउनु नहुने बताए ।

‘कांग्रेसले राष्ट्रियसभामा मान्छे पठाउँदा सकारात्मक सन्देश जानुपर्छ,’ उनले भने, ‘कांग्रेसले राष्ट्रियसभामा गरेको छनोटलाई हेर भन्ने गरी निर्णय लिनुपर्छ ।’ केन्द्रीय सदस्य मधु आचार्यले राष्ट्रिय सभामा उपयुक्त पात्रलाई अवसर दिँदा समुदायमा कांग्रेस अभियान लिएर जाँदा सकरात्मक सन्देश जाने मत राखे ।

मर्यादाक्रमको किचलो

कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरुले पार्टीभित्र देखिएको मर्यादाक्रमको किचलो मिलाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीभित्र देखिएको मर्यादाक्रमको विवाद यही केन्द्रीय समिति बैठकबाट अन्त्य गर्नुपर्ने बताए । अर्का केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्र मर्यादाक्रमको विवाद अन्त्य गर्न माग गरे ।

मर्यादाक्रमको विवादले गर्दा उपसभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालाबीच सँगै एउटा कार्यक्रममा जाने अवस्था छैन ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ९ : ११ बजे

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि