एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा « Khabarhub

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन नसके वैकल्पिक शक्ति वा सङ्गठन निर्माणको तयारीमा जुट्नुपर्ने धारणा राखेका छन् । 

काठमाडौंको चुनदेवीस्थीत सम्पर्क कार्यालयमा मंगलबार बसेको कांग्रेस १४औँ महाधिवेशनबाट निर्वाचित उपलब्ध सदस्यहरूको बैठकमा धारणा राख्ने नेताहरूले पार्टी एकता हुन नसके वैकल्पिक शक्ति वा सङ्गठन निर्माण गर्न पनि पछि हट्न नहुने धारणा राखेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।  

बैठकमा पार्टी एकताका सम्भावना, चुनौती र रणनीतिबारे छलफल भएको उनले बताए । उनले पार्टीभित्रको एकताका लागि अधिकतम प्रयास गर्ने र सफल नभए नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रज नेताहरूले पुराएको योगदानलाई समेत लिएर अघि बढ्ने साहस गर्नुपर्ने सुझाव आएको उल्लेख गरे । मंगलबार ५ जना नेताहरूले धारणा राखेको र अलमल नगरी छिटो निर्णय गर्नुपर्नेमा जोड दिएको विश्वकर्माले बताए । 

बैठकले साउन ६ गते बीपी स्मृति दिवसलाई भव्य रूपमा सम्पन्न गर्ने प्रस्तावलाई अनुमोदन गरेको विश्वकर्माले जानकारी दिए । बैठक बुधबार पनि जारी रहने उनले बताए । 

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ५ : ५८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको