चीनको बीआरआईका कारण विश्वभर वातावरणमा नकारात्मक प्रभाव बढ्दो | Khabarhub Khabarhub

चीनको बीआरआईका कारण विश्वभर वातावरणमा नकारात्मक प्रभाव बढ्दो


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

पछिल्ला केही वर्षयता चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाका कारण वातावरणमा परेको नकारात्मक प्रभाव अझ स्पष्ट हुँदै गएको छ । वातावरणीय हिसाबमा संवेदनशील क्षेत्रमा बीआरआईमार्फत् निर्माण अघि बढाइएका रेल तथ सडकजस्ता पूर्वाधार परियोजनाले वन्यजन्तु एवम् वासस्थानको लोप, उच्च प्रदूषणजस्ता चुनौती निम्त्याएको छ भने आदिवासीको जीवनशैलीमा पनि नकारात्मक प्रभाव पारेको छ ।

खनिज पदार्थ, कृषि उपज प्राप्त गर्ने उद्देश्यले चिनियाँ कम्पनीले गरेका लगानीका कारण विश्वव्यापी वातावरणमा नै नकारात्मक असर परेको छ ।

दक्षिणपूर्वी एसियामा बीआरआईले वन्यजन्तु संरक्षण, जीवनशैली र दिगो विकासमा चुनौती थपेको छ । सन् २०१८ मा चीनले निर्माण गरेको जलविद्युत परियोजनाका कारण इण्डोनेशियाको सुमात्रामा बाढी निम्त्याएको थियो भने त्यहाँका ओराङ्उटानजस्ता लोपोन्मुख वन्यजन्तुको संरक्षणमा पनि चुनौती थपेको छ ।

तर बीआरआईका माध्यमबाट आर्थिक एवम् राजनीतिक लाभ हुने स्वार्थका कारण सबै मुलुकका सरकार यस्तो चिन्ताप्रति खासै गम्भीर भएको देखिन्न । उदाहरणका लागि कम्बोडियामा चीनको सहयोगमा मिकङ नदीमा निर्माण गरिएको बाँधका कारण माछाको जनसङ्ख्या र प्रवासनमा नकारात्मक असर पारेको छ । यसका कारण सो क्षेत्रमा माछा मारेर जीवन गुजारा गर्ने समुदाय पीडित भएको छ ।

चीनको प्रभाव अफ्रिकामा कङ्गोको नदी क्षेत्र, दक्षिण अमेरिकाको साभाना र दक्षिणपूर्वी एसियाको डेल्टासम्म छ । चिनियाँ कम्पनीहरुले वातावरणीय हिसाबमा यस्ता संवेदनशील क्षेत्रमा पनि पूर्वाधार निर्माणको काम अघि बढाइरहेका छन् ।

चिनियाँ सहयोगमा निर्माण हुने परियोजनामा अपारदर्शीता, भ्रष्टाचार र घोटाला हुने गरेको भन्दै विज्ञहरु चिन्ता व्यक्त गर्छन् । बीआरआई परियोजनामा मिडियाले पनि आलोचनात्मक रिपोर्टिङ नगर्ने भएकाले यस्ता परियोजनाको वास्तविकता बाहिर आउने गरेको छैन ।

त्यस्तै, चिनियाँ लगानीले लगानी गरिएको मुलुकमा रोजगार सिर्जना गर्ने कुनै आधार देखिएको छैन । इथियोपियामा चिनियाँ परियोजनाबारे हालै सार्वजनिक एक रिपोर्टमा गुणस्तरको कुनै मापदण्डको ख्यालै नगरी काम हुने गरेको उल्लेख छ । उक्त परियोजनामा वातावरणीय एवम् सामाजिक प्रभाव मूल्याङ्कन नगरिएको प्रतिवेदनले देखाएको छ ।

विश्व वन्यजन्तु कोष डब्लूडब्लूएफको अर्को प्रतिवेदनले बीआरआई परियोजना कारण २ सय ६५ संकटापन्न प्रजाति, चराका लागि महत्वपूर्ण १ हजार ७ सय ३० क्षेत्रहरु र अन्य जैविक विविधतायुक्त स्थानमा क्षति पु¥याएको जनाइएको छ । त्यस्तै, यस्ता परियोजनाका कारण वनजङ्गल फँडानीको समस्या पनि निम्तिने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । चीन आफैँ पनि गैरकानूनी काठ र वन्यजन्तुको सबैभन्दा ठूलो बजार भएकाले डब्लूडब्लूएफको प्रतिवेदनलाई निकै महत्वपूर्ण मानिएको छ ।

यति हुँदा हुँदै पनि बीआरआई परियोजनाका कारण वातावरणमा उत्पन्न जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय भने खासै गम्भीर भएको देखिँदैन । बीआरआईका माध्यमबाट वातावरणमा भइरहेको नकारात्मक प्रभावका विषयमा चिन्ता प्रकट गर्नेहरुलाई पश्चिमा मुलुकको दलालको संज्ञा दिइन्छ । अर्कोतर्फ चीनले आफ्नो मुलुकभित्र र विकासशील देशका कतिपय मिडियालाई पनि प्रभावमा राखेको छ । तेस्रो, चीनले बीआरआईका माध्यमबाट अघि बढाइरहेको आफ्नो नवसाम्राज्यवादी गतिविधिलाई ‘विकास र वृद्धि’ को पर्यायका रुपमा प्रचार गर्ने गरेको छ । यसबाट पूर्वाधारको निर्माण विकासका नाममा चीनले ‘ग्लोबल साउथ’ लाई पनि आफ्नो प्रभाव विस्तार गरेको छ ।

त्यस्तै, कतिपय अफ्रिकी मुलुकहरु प्रतिकूल सर्तमा लिइएको चिनियाँ ऋणको पासोमा परेका छन् । घानाजस्ता अफ्रिकी मुलुकहरु चिनियाँ ऋण तिर्न नसके कोका, बक्साइट, तेलजस्ता प्राकृतिक स्रोत गुमाउने अवस्थामा पुगेका छन् । यस कारण पनि धेरै मुलुकहरु यसबारे कुरा दबाउन बाध्य छन् ।

चीनले आफ्नो बीआरआई परियोजनामा हरित एवम् नवीकरणीय ऊर्जाको प्रयोग बढाउने घोषणा गर्दै पनि आएको छ । यद्यपि यस्ता घोषणा व्यवहारमा कार्यान्वयन गर्न भन्दा पनि आलोचकहरुलाई चुप लगाउन गरिएको जस्ता प्रतित हुन्छ । बीआरआईका समर्थकहरु वृक्षरोपण र जिवाष्म ऊर्जा कटौतीजस्ता प्रयासबाट चीनले प्रदूषण कम गर्न कदम चालिरहेको बताउँछन् । तर यस्ता प्रयास पर्याप्त छैनन् ।

चीनले पश्चिमा मुलुकहरुले पनि आफ्नो आर्थिक स्वार्थका लागि वातावरणप्रति उदासिन हुने गरेको आरोप लगाउने गरेको छ । यसबारे वन्यजन्तु संरक्षणविद् प्राध्यापक विलियम लरेन्सको तर्क छ– चिनियाँ परियोजनाको वृहद स्तर र अपारदर्शी संस्थागत अभ्यासका कारण बीआरआईबाट उत्पन्न हुने वातावरणीय चुनौती अझ चिन्ताजनक छ ।

पश्चिमा मुलुकमा जनताले मतदान र चुनावका माध्यमबाट राजनीतिक नेतृत्वलाई सजाय दिन सक्छन् वा मिडियाका माध्यमबाट सरकारको आलोचना गर्न सक्छन्, जुन चीनमा सम्भव छैन । बीआरआई परियोजनाले हुने आर्थिक लाभबारे चर्चा अझै जारी नै छ ।

यस परियोजनाबाट कसले के कति लाभ लिन्छ, कसलाई कति घाटा लाग्छ त्यो, समयले बताउनेछ । तर, अहिले हेर्दा सबैभन्दा ठूलो हानी भने वातावरणमा भएको देखिन्छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ९ : ३४ बजे

भान्सको निर्णायक मतले ट्रम्पले ल्याएको खर्च विधेयक सिनेटबाट पास

वाशिङटन – २४ घण्टा भन्दा लामो समय सिनेटमा छलफल भएपछि

म्याग्दीको ओखरबोटमा तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गरिँदै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ ।

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल