मानसिक स्वास्थ्य अहिलेको प्रमुख मुद्दा हो | Khabarhub Khabarhub

मानसिक स्वास्थ्य अहिलेको प्रमुख मुद्दा हो

स्वास्थ्यकर्मीमा सेवाको भावना पनि हुनुपर्छ



अहिले छलफललाई हेर्दा चिकित्साशास्त्र के को लागि पढ्न आएको भन्ने पनि थाहा नभएको जस्तो देखिएको छ। पैसा कमाउने हो भने डाक्टर बन्नु भन्दा त बिजनेस गर्दा राम्रो हो। चिकित्सक बनाउन अभिभावकले किन यति धेरै पैसा हालिरहेका छन् ? किन यति धेरै मूल्य बढिरहेको छ। अभिभावकले किन पैसा खर्च गरिरहेका छन् ? अब यो विषयमा पनि ध्यान दिनुपर्छ।

एकजना विदेशी मनोविदसँग कुरा गर्दा उहाँले पैसा कमाउनु छ भने म ‘साइक्याट्रिक’ बन्दिन भन्नुहुन्थ्यो। हामीले डक्टर बनेर पैसा कमाउने भन्ने सोचका साथ धेरै जसो अभिभावकले पैसा खर्च गर्छन्। विद्यार्थीले भन्दा पनि खर्च गर्ने बावुआमाले हो। नत्र करोड रुपैयाँ विद्यार्थीले निकाल्दैन। त्यो मानसिकताबाट हामी बाहिर निस्कनुपर्छ। त्यो समाजकै सोच अर्थात् मानसिकताबाट बाहिर निस्किनु आवश्यक छ। त्यसबाट बाहिर निस्किएपछि तनाव पनि कम हुन्छ। घरजग्गा नै धितो राखेर पढाएपछि प्रेसर अवश्य हुन्छ। त्यो समाजको सोचमा परिवर्तन आवश्यक छ। म स्वास्थ्यकर्मी बनेपछि कमाउनु भन्दा सेवाको भावना पनि हुनुपर्छ। मेरो जिम्मेवारी सेवा प्रदान गर्नु हो भन्ने धारणा विकास हुनु आवश्यक छ।

धेरै साथीहरुसँग कुरा गर्दा यो विज्ञान विषयप्रतिको रुचिले गर्दा पढ्नु भएको पाइन्छ। चिकित्सा सम्बन्धी शिक्षामा मैले अलिकति दाजेर हेर्ने मौका पनि पाएको छु। नेपाल र नर्वेमा स्वास्थ्य सम्बन्धीको शिक्षा कसरी फरक छ भनेर हेर्ने मौका पाएको छु। केही हदसम्म कलेज र विश्वविद्यालय अनुसार पनि शिक्षा फरक छ। इन्टर्नसिपको तरिका फरक छ।

विभिन्न विश्वविद्यालयमा कति कसरी सिकाउने कसरी पढाउने त्यो पनि पाठ्यक्रम अलि फरक छ। बिपी केआरसीमा ६ महिना जति गाउँ गाउँमा प्राक्टिस गर्न पठाउँछ। त्यसरी समुदायमा गएर प्रयोगात्मक अभ्यास गर्न सक्यो भने इन्टर्नसिपमा विद्यार्थी बढी खारिने हुन्छ। हाम्रो डक्टरी क्षेत्रमा धेरै घोक्ने र कण्ठ पार्ने मात्र चलन छ। त्यसैले यो सिस्टममा परिवर्तन गर्नुपर्छ। डक्टरका लागि धेरै पढ्नुपर्छ। त्यो पढेको कुरा कति लागू गर्ने भन्ने सवाल पनि छ। नैतिकताका कुरालाई प्राथमिकतामा अहिले पनि राखिएको छैन। डाक्टर हुनुको त्यो नैतिकता के हो त ?

विरामीको केयरमा धेरै विषय पढ्नु पर्छ। एउटा डक्टर बन्न हामीले त डेन्टिस पनि पढ्नु पथ्र्यो। अब त्यो सबै पढेको कुरालाई राम्ररी कसरी प्रयोग गर्ने त ? त्यो कुरा अहिले पनि राम्रोसँग थाहा हुँदैन। त्यसले पनि बिरामी र डक्टरबीच राम्रो सञ्चार नै हुँदैन। यो बिरामी र डाक्टरको प्रमुख फ्याक्टर हुनसक्छ। नर्सहरूले पनि बिरामीहरूसँग बोल्ने शैलीबारे ख्याल गर्नुपर्छ। हामीले पढ्दा नर्सको बोली जस्तो भन्थे। एकदमै छुच्चो बोली। अहिले केही सुधार त भएको छ। कतिपय अस्पतालमा तालिम नै पनि दिएको छ। त्यो कुराहरूमा परिवर्तन आउनुपर्छ ।

चिकित्सा शिक्षा प्रणालीको कुरा गर्दा डाक्टरको पनि दुई वटा रोल छ। बाहिर धेरै प्राइभेट प्राक्टिसमा चिकित्सक बन्नुहुन्छ। कति जना एकेडेमिसियन बन्न पढ्छन्। अर्को सेवाका लागि पढेका हुन्छन्। तर, यहाँ यो गन्जागोल छ। यहाँ एकेडेमिसियन इन्स्टीच्यूड छिर्न खोज्छन्। शैक्षिक क्षेत्रमा छिरेपछि म विद्यार्थी पढाउँछु अरू मेरो फिल्डको राम्रो एमबीबीएसको डाक्टर होस् या मेरो अरू विशेषज्ञलाई राम्रो डाक्टर बनाउन प्रेरित गर्छु भन्ने खालको भावना सबैमा छैन।

कक्षा कोठामा पढाइ पनि राम्रो हुँदैन। त्यति प्रयोगात्मक भएको हुँदैन। परीक्षाका लागि शिक्षकले पुरानो प्रश्नपत्र हेरेर नयाँ प्रश्नपत्र निकाल्नु हुन्छ। जब कि प्रश्नको क्वालिटी नै छैन। बाहिर प्रश्नपत्र घरमै लगेर उत्तर लेख्न सक्ने सुविधा हुन्छ। हाम्रो त प्रश्न पत्र घरमा नै लगेर आफैले खोजेर गर्दा पनि पास हुन सकिँदैन किनभने त्यो प्रश्नपत्र व्यक्तिगत हुन्छ। यो अवस्था आउनुको कारण भनेको यो ट्रेन्ड नै परिवर्तन नभएर हो। १० वर्ष अगाडि जुन सिस्टमले गर्दा एउटा शिक्षक बनियो वा चिकित्साशात्रमा त्यो शिक्षक विद्यार्थीलाई पढाउन संस्थामा संलग्न हुने हतारो मात्र देखिन्छ।

प्राइभेटमा प्राक्टिस गर्न गाह्रो छ किनभने त्यो क्वालिटी प्रयोग गरेर अगाडि बढ्न पनि धेरै गाह्रो हुन्छ। यो सबै चिजलाई हेर्दा हामीले यो सिस्टममा एउटा शिक्षक बन्न पनि राम्रो खालको भावना हुनुपर्ने देख्छौँ।

हाम्रोमा अन्तर्वार्ता लिने चलन नै छैन। कुनै विषयमा एमबीबीएस पास भयो। त्यसपछि कुनै विशेषज्ञमा जान्छौँ भने त्यहाँ खाली अब्जेक्टिभ प्रश्नको स्कोरले गर्दा मात्र हो। त्यो मान्छेको प्यासन कति छ ? मान्छे त्यो विषयमा शिक्षित छ कि छैन ? उसले अरू विषय नपाएर त्यो छानेको छ कि ? त्यो पनि मतलब छैन।

हाम्रै मनोचिकित्सकको फिल्डमा भन्नु पर्दा सुरुमा पछाडि परेकोले मात्र यो विषय लिनुहुन्थ्यो। किनभने सबै चिज गइसक्यो। मनोचिकित्सक कसले पढ्छ भन्ने थियो। त्यो मनोचिकित्सक जस्तो संवेदनशील विषयमा इच्छा नभई छिर्यो भने त बिरामी मात्र होइन मनोचिकित्सक डाक्टर पनि बर्बाद हुन्छ। कतिपयले छोडेका पनि छन्। त्यसैले हाम्रो शिक्षा प्रणालीमा त्यो सिस्टम पनि आउनु पर्यो कि त्यो फेजमा जाँदा अन्तर्वार्ता हुने, पढ्ने विद्यार्थीमा पनि उसको बानी व्यवहार, इच्छा, किन यो फिल्डमा आउने हो भनेर सोध्न सक्यो भने राम्रो हुन्छ। उसको इच्छा अनुसार उपयुक्त तालिम भए राम्रो हुन्थ्यो।

पाठ्यक्रमको कुरा गर्दा कम्पोनेन्टको कुराहरू आउँछ। डक्टर बन्दा पूर्ण रूपमा डक्टर बनिन्छ कि बनिँदैन भन्ने कुरा हो। किनभने पहिला एमबीबीएसको फेजमा पनि हाम्रोमा एउटा सानो बैठकमा पनि (मेजर र माइनर) भनेर छलफल भएको थियो। सुरुमा सुन्दा नै मेजर भनेको एकदमै राम्रो, ठूलो विषय र माइनर भनेको उपेक्षा गरेको विषयमा पर्छ। जहाँ मेजरमा तीन चार वटा विषयहरू आउँछन्। तर यो उद्देश्यले त्यो आएको होइन। तर अहिले धारणा नै त्यसरी बनेको छ।

जस्तोः मनोचिकित्सक कुरामा पनि सबै जना एउटा एमबीबीएसको डाक्टरले कमसेकम दाँत हेरेर यहाँ रिफर गर्ने भन्ने कुरा जानेको छ कि छैन ? त्यो दाँतले गर्दा टाउको दुखेको छ भनेर बुझ्न सकेको छ कि छैन ? यो कुरामा ध्यान दिनुपर्छ।

मानसिक स्वास्थ्य अहिलेको प्रमुख मुद्दा हो। कुनै पनि विशेषज्ञतामा मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ। अहिले केयुको पाठ्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी एउटा प्रश्न आएको छ। या त पढ्न पनि त्यति आवश्यक पर्दैन। त्यसले के देखाउँछ भने एउटा विद्यार्थीले त्यो विषय पढ्ने कि नपढ्ने ? एउटा ठूलो स्कोर आउने विषयमा फोकस हुने कि पाँच मास्कको लाई ५० मास्क जति मेहनत गर्ने ? त्यसले गर्दा पनि कति मुख्य विषयहरू छुटेका छन्।

मैले पहिला सुरुसुरुमा एचएको पनि तालिम गर्न जान्थेँ। एकदमै राम्रो पाठ्यक्रम थियो। ३० घण्टाको तालिम यो राम्रो हो। यो एउटा एचएलाई चाहिँ मानसिक स्वास्थ्यको एमबीबीएसले भन्दा राम्रो पढाई हो। तर त्यो पठाउने वा तामिल दिने मान्छे एउटा मानसिक स्वास्थ्य विशेषज्ञ या मनोचिकित्सक विशेषज्ञ हुनुहुन्न। नेपालमा अहिले देशभरी प्रयोगात्मक मनोचिकित्सक १३० देखि ४० होलान्। प्राथमिक स्वास्थ्य प्रणालीमा त जानु पर्यो नि त ? त्यसको लागि त एचएलाई नै राम्रो तालिम दिनुपर्छ। अब त्यहाँ नै तालिम छैन भने त यहाँ गम्भीर डिप्रेसनका बिरामी कसरी आई पुग्छन् त ? उनीहरुले त गम्भीर मानसिक समस्या भएपछि मात्र सेवा पाउने भए। त्यसैले पाठ्यक्रममा फोकस हुनुपर्छ।

प्रणालीको कुरा गरौँ। अहिले नेफ्रोलोजीमा पढाई छैन, किन कार्डियाक सर्जन छैनन् ? किन मनोचिकित्सक छैनन् ? म टिचिङ अस्पतालको उत्पादन हुँ। त्यहाँका पाँच जना मनोचिकित्सकमा अहिले चार जना बाहिर हुनुहुन्छ। त्यो भनेको त मेरो ब्याचको ८० प्रतिशत हो। अझ म पनि बाहिर गएर फर्केको हुँ। नफर्केको भए शत प्रतिशत नै विदेश पुग्ने अवस्था हुन्थ्यो। अहिले एउटा सामान्य सर्जन, ग्यास्ट्रो सर्जन वा इन्टरभेन्सन कार्डियोलोजीको चल्छ, उहाँहरूको आम्दानी निजी अस्पतालबाट पनि राम्रो छ। तर, अरु विषय छायामा परेका छन्।

कार्डियाक सर्जन सुन्दा निकै राम्रो सुनिन्छ। मुटुको शल्यक्रिया गर्ने मान्छे। अहिले त्यो पढ्ने मान्छे पाइएको छैन किनभने प्राइभेट हस्पिटलमा अहिले कार्डियाक सर्जनको स्कोप छैन। गएर गङ्गालालमा बसेर त्यत्रो पढेर विशेषज्ञता हासिल गरेर ५० देखि ७० हजारको तलब खाएर जागिर गर्न गाह्रो हुन्छ। मनोचिकित्सक पनि त्यही भयो। अहिले विदेशमा स्कोप छ। त्यसैले धेरै विदेश पुगेका हुन्। दुई मिनेटमा बिरामी हेर्नुपर्छ। एउटा सामान्य दिनुपर्ने एक घण्टा र आधा घण्टा समय दियो र दिनभरी नै काम गर्यो भने त गाडीको भाडा तिर्ने पैसा पनि हुँदैन। त्यसैले यो सबै विषयलाई सरकारले पनि हेर्नु पर्दछ। समग्रमा स्वास्थ्य क्षेत्रमा गार्हाे छ। कोही चलेकोलाई मात्र उदाहरण दिएर हुँदैन।

जसरी अहिले मेरो ब्याचका ५ जना मध्ये चार जना बाहिर जानुभयो। अहिले पनि लगभग त्यही रेसियोमा बाहिर जानुहुन्छ। त्यो भनेको ५० प्रतिशतबाट ७५ प्रतिशतमा बढ्नेवाला छ। पुरानो त व्यवस्थापन हुनु भइसक्यो। नयाँलाई काठमाडौँमा, पोखरामा स्कोप नै छैन। मेडिकल कलेजको कुरा छोडौँ प्राइभेट प्राक्टिसको पनि स्कोप छैन। त्यसैले यो सुविधाहरू बाहिर पुर्याएर कसरी स्कोप बढाउने त्यता सोच्नुपर्छ ।

कुनै कुनै स्पेसालिटी सेन्टरहरू चाहिन्छ। शिक्षकको लागि अस्पताल नचाहिएला तर जेडिआर्टीक सेन्टर चाहिन्छ। किनभने जेडिआर्टीक्सको सबै तिर अलिअलि ज्ञान भएर एचएले पनि उमेर पुगेका वृद्धाहरुलाई हेर्नु हुन्छ। तर त्यसपछि एमबीबीएस विशेषज्ञहरूले हेर्नुपर्छ। धेरै नचाहिएला तर अन्त्यमा अरू ठाउँमा नभएपछि विज्ञकहाँ पुग्नुपर्छ। त्यो ठाउँ चाहिन्छ। (खबरहबले आयोजना गरेको ‘चिकित्सा शिक्षाको चुनौती र नेपालको स्वास्थ्य प्रणाली’ विषयक कार्यक्रममा डा. ऋषभ कोइरालाले राखेको धारणाको सम्पादित अंशः)

प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : १४ बजे

भारत- जहाँ दलितले चिहान पनि पाउँदैनन्…

एजेन्सी– ‘हामी आफ्नी हजुरआमाको शव लिएर श्मशान पुग्नासाथ केही मानिसहरू

एनसेल जोडिएका ३० वटा मुद्दा सर्वोच्चमा

काठमाडौं– दूरसञ्चार व्यवसाय कम्पनी एनसेलसँग जोडिएका ३० वटा मुद्दा सर्वोच्चमा

बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन चर्कियो, तीन जनाको मृत्यु, ४०० भन्दा बढी घाइते

एजेन्सी– बङ्गलादेशमा सरकारी जागिरका लागि भएको हिंसात्मक झडपमा परी मङ्गलबार

साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम

नारायणगढ– साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज

आजका समाचार : बधाई थाप्दै ओली, सत्ता गुमेपछि समाजवादी मोर्चातिर प्रचण्ड, रवि पुगे सिमलताल

‘सरकार चलाएको अनुभव छ, अब देशको अवस्था फेर्नेतिर लाग्छु’ प्रधानमन्त्री